धनगढी पुग्दा गठबन्धनका शीर्ष नेताको एक स्वर : ‘संविधान बचाउन गठबन्धनको जित आवश्यक’
2022/10/23, 4:52
 
ग

धनगढी - संविधान बचाउन र विकासका लागि गठबन्धन गरिएको लोकतान्त्रिक गठबन्धन दलका शीर्ष नेताहरुले बताएका छन् । 
आज आयोजित संयुक्त प्रशिक्षण भेलालाई सम्बोधन गर्दै उनीहरुले यस्तो बताएका हुन । संविधान कुल्चने, गणतन्त्रलाई उल्ट्याउने चेष्टा भएपछि प्रतिगमनको विरुद्ध अग्रमणको गठबन्धन भएको गरेका छन् ।   
भेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रात्मक सङ्घीय प्रणालीलाई बचाउनका लागि गठबन्धनको आवश्यकता परेको बताए । सङ्घीयता बचाउन र विकासका लागि गठबन्धनको जित हुन आवश्यक रहेको उनको भनाइ थियो ।  
नेकपा (माओवादी केन्द्र) अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एउटा विशिष्ट परिस्थितिमा गठबन्धन बनेको उल्लेख गर्दै गठबन्धन दलको भाषा, स्पिरिट एउटै रहेको बताए । उनले गठबन्धन पराजित भएमा मुलुक फेरि दुर्घटनातिर जाने खतरा रहेको उल्लेख गरे । 
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले अग्रगमन पक्षधर दलहरुबीचको एकता र गठबन्धन स्वभाविक रहेको उल्लेख गर्दैै गठबन्धनको उद्देश्य पवित्र रहेको बताए । भेलालाई नेपाली कांग्रेसका वरिष्ठ नेतासमेत रहेका गठबन्धनका संयोजक रामचन्द्र पौडेल, जनमोर्चाका कार्यकारी अध्यक्ष रश्मिराज नेपालीसमेत सम्बोधन गरेका थिए ।