
धनगढी जेसीज क्षेत्र घ को उत्कृष्ट शाखा बन्दै जेसीज अफ द मन्थको अवार्ड पाउन सफल भएको छ । नेपाल जेसीजले हरेक महिना प्राप्त गर्ने अवार्ड अन्तर्गत पहिलो महिना अर्थात जनवरी महिनाको अवार्ड धनगढीले प्राप्त गरेको हो ।

धनगढीले क्षेत्र घ का शाखाहरु मध्ये यस महिनामा उत्कृष्ट कार्य सम्पादनको आधारमा अवार्ड प्राप्त गरेको हो । शाखालाई काठमाडौँमा सम्पन्न लोम लिडर्स एकाडेमीको समापन समारोहमा अध्यक्ष सिनेटर विकास मान्धर तथा कार्यकारीणी उपाध्यक्ष जीवन कार्की र उपाध्यक्ष चिरञ्जिवी शर्माले शाखाका अध्यक्ष मोहनराज ओझालाई अवार्ड प्रधान गरेका थिए ।
अवार्ड प्राप्त गरेपछि अध्यक्ष ओझाले शाखाका सबै साथीहरुको अथक प्रयास र सहकार्यमा अवार्ड प्राप्त भएको बताउनु भयो । साथै उहाँले आगामी दिनमा समेत यसले थप उर्जा थपेको बताए ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/04, 12:42
2020/11/14, 6:40
2021/04/28, 3:52
2021/11/14, 1:13
2022/11/10, 5:00