
कञ्चनपुर — लागुऔषध सम्बन्धी मुद्दाका फारर कसुरदार पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका १८ का वीरेन्द्रबहादुर चन्दलाई पक्राउ गरि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उच्च अदालत दिपायलको महेन्द्रनगर इजलाशले चन्दलाई लागुऔषध चरेश सम्बन्धी मुद्दामा माघ १६ मा १ वर्ष ३ महिना कैद र १२ हजार जरिवानाको फैसला गरेको थियो । २०७६ मै मुद्दा चलेपनि त्यतिबेला उनलाई धरौटीमा छाडिएको थियो । फैसलाका बेला उनी फरार थिए । चन्दलाई पक्राउगरि जिल्ला अदालतमा पेश गरिएकोमा अदालतबाट कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/05/09, 4:48
2021/12/04, 10:24
2022/12/05, 11:09