
बझाङ्ग - बझाङमा भूकम्प गएको छ। बझाङमा २४ घण्टा नबित्दै फेरि खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार राति ९ बजेर १३ मिनेटमा बझाङ खिराताडी आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि साउन ३२ गते बुधबार राति १२ बजेर ४ मिनेटमा बझाङको बित्थडचिर गाउँपालिकाको सुनकुडा केन्द्रविन्दु भएर ३ दशमलव ७ म्याग्निच्युडकोे भुकम्प गएको थियो। भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार भुकम्प सामान्य गएको हुँदा कुनै भौतिक र मानवीय क्षेती नभएको हुनसक्ने जनाइएको छ।भूकम्पको धक्का बझाङ सहित बैतडी आसपासका जिल्लामा पनि महसुस भएको थियो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/24, 5:30
2021/08/31, 10:08
2022/06/29, 3:28
2023/10/13, 10:02