'महागफाडी' को फिजिकल अडिसनबाट छानिए १८ जना प्रतिस्पर्धी
2023/10/11, 12:40
 
ss

टेलिभिजन रियालिटी शो ुमहागफाडीु को फिजिकल अडिसन सम्पन्न भएको छ। शोका निर्देशक नरेशनाथ योगी ९किंग योगी० का अनुसार हजारौं आवेदकबाट डिजिटल अडिसनका लागि छानिएका १ सय जना प्रतिस्पर्धीको फिजिकल अडिसन गरिएको थियो। जसमध्ये टप १८ प्रतिस्पर्धी छानिएका छन्।

१८ प्रतिस्पर्धीमा शुभम सिंह भुमियार, अमरेन्द्र यादव, अनिल राई, दिपेश घिमिरे, हरि गजुरेल, हुकुमबाबु वली, कृष्ण भुर्तेल लक्ष्मण, पुजन नेपाल, रेशम सापकोटा, संजीव भट्टराई, सरोज खतिवडा, शोभा लामिछाने, श्रीराम कँडेल, सन्तोष तिवारी, अर्जुन पोखरेल, डिल्लीराज अधिकारी, कर्मा लामा र निरोज त्वायाना छन्।

ढाकाटोपी फिल्म्स ब्यानरमा निर्माण भइरहेको शोमा आफ्नो ज्ञान, गफप्रतिको ध्यान र गफको विज्ञानका आधारमा आफूलाई ुमहागफाडीु को रूपमा प्रस्तुत गर्नुपर्ने छ। १६ हप्तासम्म चल्ने कार्यक्रमको फाइनल अष्ट्रेलिया र पहिलो वर्ल्डटुरको सुरूवात क्यानडाबाट गरिने जानकारी दिइएको छ।  महागफाडीु को निर्णायकमा हास्य कवि शैलेन्द सिम्खडा, अभिनेत्री लुनिभा तुलाधर र अभिनेता बुद्धि तामाङ रहेका छन्। अभिनेता कामेश्वर चौरासियाले यो कार्यक्रमको सञ्चालन गर्नेछन्। 

ुमहागफाडीु को विजेताले १५ लाख नगद तथा सवारी साधन, फर्स्टरनरअपलाई १० लाख नगद र सवारी साधन, सेकेन्ड रनरअपलाई ५ लाख नगद र सवारी साधन तथा चौंथो र पाँचौं हुनेलाई आर्कषक गिफ्ट ह्याम्पर प्रदान गरिनेछ। दर्शकको भोटिङका आधारमा रियालिटी शोको विजेता छनोट गरिनेछ। जसको भोटिङ पार्टनरको रूपमा माई पेु रहेको छ। रियालिटी शोको डिजिटल राइट्स र प्रसारण हुने टेलिभिजन च्यानल बारेमा कुनैपनि जानकारी आयोजक संस्थाले दिएको छैन।  ुमहागफाडीु का निर्देशक नरेशनाथ योगी फिल्म लेखक, कोरियोग्राफर र फाइट डिरेक्टर समेत हुन्।