![ss](/sites/default/files/styles/flexslider_full/public/2023-11/kailali.jpg?itok=NUKQ_s6H)
कैलाली टीकापुरस्थित टीकापुर पार्कमा एकै दिन १० हजारभन्दा बढी पर्यटक भित्रिएका छन्। शनिबार टीकापुर पार्कमा एकै दिन १० हजार ६ सय पर्यटकले उद्यानको अवलोकन गरेका छन् । उद्यानमा दसैँ तिहारपछि बनभोज खाने र बाहिरी जिल्लाबाट अवलोकन गर्न आउने पर्यटक बढेका छन् ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/nisarg.gif)
शनिबार पर्यटकबाट रु तीन लाख २५ हजार राजस्व सङ्कलन भएको छ। उद्यानमा यही मङ्सिर १ गते रु एक लाख राजस्व सङ्कलन भएको थियो। उद्यान दसैँ तिहारपछिको यो समय पर्यटकले भरिभराउ हुन्छ । पर्यटकहरु उद्यानमै खाना पकाउने, खाने र त्यही नाचगान गर्दै रमाइलो गर्छन् । थरिथरिका व्यक्ति, थरिथरिका पोशाकमा सजिएकाले उद्यानको दृश्य रमाइलो देखिने गरेको छ । उद्यानका इञ्चार्ज अर्जुन कुँवरले यस वर्षको अहिलेसम्मकै बढी पर्यटक एकै दिन शनिबार भित्रिएका बताए।
भैली खेलेर संकलन भएको रकमबाट साथीभाई रमाईलो गर्न पनी बिभिन्न ठाउँबाट पर्यटक आइरहेका छन्। बनभोजस्थलमा पानी, खाना पकाउने ठाउँको सुविधा छ इञ्चार्ज कुँवरले बताए । पार्क किनारमा रहेको कर्णाली नदीमा र्याफ्टिङ र जेट स्कीको आनन्द लिनका लागि पनि पर्यटक आउने गरेको बताउँछन्। पार्कमा रमाइलो वातावरण,नदी किनारमा रमाउन पनि मिल्ने भएकाले पर्यटक आकर्षित हुने गरेको उनी भन्छन् । सुदूरपश्चिम घुम्न निस्केका पर्यटक पार्क पुगेरै फर्किन्छन् । टीकापुर बजारदेखि चार किलोमिटर टाढा कर्णाली नदी किनारमा उद्यान छ।
![](https://khabarkunj.com/sites/default/files/2022-11/SARATHI-HOSPITAL-FINAL_1.gif)
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya-metro.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-02/SANDAR-MOMO-AD.gif)
पार्क ८५ विघा क्षेत्रफलमा फैलिएको छ। बङ्गला क्षेत्र, नर्सरी र बगैँचाले करिब १३ बिघा जमिन ओगटेको छ। पार्कभित्र टीकापुर विकास समितिले निर्माण गरेको महेन्द्र आरोग्य गृह, रत्न उद्यान, वीरेन्द्र विश्राम बाटिका, ऐश्वर्य उद्यान लगायतका संरचना अवलोकन गर्नेहरु पनि त्यत्तिकै छन्। शान्त वातावरण, चिटिक्क मिलाएका लन सजावट र मौसमीरबेमौसमी फूलसँग पार्कमा आउने पर्यटक रमाउने गरेका छन् । चितवनबाट घुम्न टीकापुर पुगेका शिक्षक सुरेन्द्र अधिकारीले टीकापुर पार्कमा लगानी गरेको भए बढीभन्दा बढी पर्यटक भित्रिने उनको भनाई छ। पार्क घुम्दा र रमाइलो गर्दा स्वर्ग आए जस्तो अनुभुति भैरहेको उनले बताए। पूर्वाधार थप्न सकेको भए पार्क थप रमणीय बन्न सकिने र पार्कसँग भएको जमिनको सदुपयोग हुने उनी बताउँछन्।
![](https://khabarkunj.com/sites/default/files/2022-11/maya.gif)
![](https://khabarkunj.com/sites/default/files/2021-01/GHARAHA-CHULO_0.gif)