सुदूरपश्चिम प्रदेश सरकारले ९ जनालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
2023/11/22, 3:47
 
sdfghj

सुदूरपश्चिम प्रदेश सरकारले ९ जना विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ। सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तरगतको उच्च शिक्षा महाशाखाका अनुसार चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८०/८१ का लागि सञ्चालित एमबीबीएस प्रवेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम प्रदेशमा स्थायी बसोबास भएका विद्यार्थीहरुले छात्रवृत्ति पाउने छन्।

खुला ५, महिला १, दलित १, थारु तथा राना थारु १ र आर्थिक रुपले बिपन्न खसआर्यतर्फ १ जनालाई छात्रवृत्ति दिइने प्रदेश सरकारले जनाएको छ। इच्छुक विद्यार्थीहरुले कागजातसहित  मंसिर २० गतेत्रि आवेदन दिन सक्नेछन्।

आवेदन साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि, कक्षा १० र १२ को ट्रान्सक्रिप्ट ग्रेडसिट र चारित्रिक प्रमाणपत्रको प्रतिलिपि,कक्षा ८, १० र १२ अध्ययन गरेको विद्यालय सामुदायिक वा संस्थागत (सार्वजनिक शैक्षिक गुठी, निजी शैक्षिक गुठी, निजी विद्यालय) भएको व्यहोरा खुल्ने सम्बन्धित स्थानीय तहको शिक्षा, युवा तथा खेलकुद महाशाखा, शाखाको सिफारिस पत्र पेश गर्नुपर्नेछ।


हेर्नुहास् सूचनाः

 

df