
नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास एमालेको सरकारले मात्र गर्न सक्ने भन्दै एमालेलाई सहयोग गर्न आग्रह गरेका छन्।

समृद्धिसहितको सङ्कल्प पदयात्राको क्रममा अछाम सदरमुकाम मङ्गलसेनमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो आग्रह गरेका हुन्। वर्तमान सरकारले देशको विकास र सुशासनमा कुनै काम नगरेको उनले टिप्पणी गरे।
नागरिकले देशमा सुशासन र विकास चाहेको भन्दै एमालेको नेतृत्वमा सरकार भएमात्रै जनताले विकास पाउने दाबी गरे। वर्तमान सरकारले नागरिकको हितमा काम गर्न नसकेको भन्दै अध्यक्ष ओलीले गठबन्धन दलका नेताहरू स्वार्थमा केन्द्रित रहेको आरोप लगाए।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39