त्रिनगर माविको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द
2023/12/18, 5:17
 
ss

धनगढीमा रहेको त्रिनगर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द चयन भएका छन् ।  धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माविको आज बसेको विद्यालय व्यवस्थापन समितिको पूर्ण बैठकले व्यवस्थापन समितिको अध्यक्ष पदमा कैलाली बहुमुखी क्याम्पसबाट सेवा निवृत्त भएका पुर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्दलाई छनौट गरेको हो ।

धनगढी उपमहानगरपालिकाको गत मंसीर २९ गते पत्र पठाई कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख सुरेन्द्र चन्द र महिलामा विमला कुमारी देवल (जैरु) लाई मनोनित गरेको जानकारी विद्यालयलाई गराएपछि चन्दलाई छनोट गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य लक्ष्मण पार्कीको अध्यक्षता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीको उपस्थितिमा बसेको व्यवस्थापन समितको पूर्ण बैठकले धनगढी उपमहानगरपालिकाबाट मनोनित गरिएका शिक्षाविद सुरेन्द्र चन्दलाई व्यवस्थापन समितिको अध्यक्षमा र विमला कुमारी देवल (जैरु) लाई सदस्य पदमा सर्वसम्मत रुपमा छनौट गरिएको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले जानकारी दिए ।