कैलाली जिल्ला प्याब्सनलाई देशभरीकै उत्कृष्ट प्याब्सन सम्मान
2023/12/19, 10:44
 
fdfytr

उल्लेखनीय गुणात्मक सहभागितारउत्कृष्ट गतिविधि र सक्रियतामा अग्रणी भूमिका निर्बाह गरेको भन्दै कैलाली जिल्ला प्याब्सन सम्मानित भएको छ ।प्याब्सन केन्द्रीय कार्यसमितिको आयोजनामा हालै काठमाण्डौमा सम्पन्न  ञप्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन ( २०८० मा कैलाली जिल्ला प्याब्सनलाई उत्कृष्ट प्याब्सन जिल्लाका रुपमा सम्मान गरिएको हो ।

७७ वटै जिल्लाका प्याब्सन समितिहरुमध्ये कैलाली जिल्ला प्याब्सन बर्षभरी गरेका उत्कृष्ट गतिबिधि, प्याब्सनका नीति निर्देशनको पूर्ण पालना र प्याब्सनको ञप्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन (२०८० मा  संख्यात्मक हिसावले सबैभन्दा बढि सहभागिता जनाए वापत उत्कृष्ट प्याब्सन जिल्ला समितिका रुपमा सम्मानित भएको हो ।

प्याब्सनका केन्द्रीय अध्यक्ष डिके ढुंगानाले ञप्याब्सन दोस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन (२०८० मा  कैलाली जिल्ला प्याब्सनलाई उत्कृष्ट प्याब्सनका रुपमा घोषणा गरेका हुन् । कैलाली जिल्ला प्याब्सनका अध्यक्ष टोपेन्द्र शाहले कैलालीलाई उत्कृष्ट प्याब्सनका रुपमा सम्मानित गरेकोमा प्याब्सन केन्द्रीय समितिलाई धन्यवाद दिए ।