सुप विश्वविद्यालयको विज्ञापन विरुद्धको आन्दोलनमा दुर्गालक्ष्मीका शिक्षकको ऐक्यबद्धता
2023/12/20, 2:52
 
fdefrsetr

सुप विश्वविद्यालयले प्रकाशित गरेको विज्ञापनको विरोधमा उभिएको सुदूरपश्चिम विश्वविद्यालय प्राध्यापक संघ केन्द्रिय समितिको आन्दोलनमा दुर्गालक्ष्मी बहुमुखी क्याम्पस इकाई प्राध्यापक संघले ऐक्यबद्धता जनाएको छ ।

दुर्गालक्ष्मी क्याम्पस एकाइ समितिले बुधबार ऐक्यबद्धता सार्वजनिक गर्दै सुप विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विवादास्पद तथा विभेदकारी विज्ञापनका विरुद्धमा केन्द्रीय प्राध्यापक संघको निर्णयमा ऐक्यबद्धता रहेको जनाएको हो । एकाइ समितिका सभापति जनक राज जोशीद्धारा जारी ऐक्यबद्धतामा पौष ३ गते केन्द्रिय प्राध्यापक संघले गरेको निर्णयमा ऐक्यबद्धता जनाइएको छ ।

पौष ३ गते केन्द्रिय प्राध्यापक संघले विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाउँदै विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापनको घोर भर्त्सना गरिएको थियो । ध्यानाकर्षण पत्रमा विनियम २०७८ विपरीत सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगले कार्यकारी परिषदबाट कार्यादेश पाएको सात महिना बितिसके पछि नियम ११० ९ख० विपरित कैलाली बहुमुखी क्याम्पसको पनि अपुर्ण, विभाजित र विवादित रूपले समायोजनको विज्ञापन प्रकाशित गरेको उल्लेख थियो ।

पत्रमा सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगद्धारा १५ वटै क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समायोजन विज्ञापन प्रकाशित गर्नुपर्नेमा नियम विपरित विभाजित र विवादित रुपमा प्रकाशित गरिएको विज्ञापन स्थगन गर्न माग गरिएको छ । पत्रमा सुदूरपश्चिम विश्वविद्यालय सभाबाट पारित नियम तथा विनियम विपरित समायोजन प्रक्रियालाई स्वेच्छाचारी ढङ्गबाट अगाडि बढाउने सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू पदीय रुपमा बहाल रहन अयोग्य भएकाले तत्काल राजीनामा दिनुपर्ने उल्लेख छ ।

विश्वविद्यालयले विषेश सभाद्धारा समायोजित १५ क्याम्पसका प्राध्यापक तथा कर्मचारीको समायोजन प्रक्रिया यथाशीघ्र समायोजन प्रक्रियालाई पूर्णता दिनुपर्ने, १५ वटै क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई समायोजन नियुक्ति प्राप्त मिति वाट नै लागू हुने गरि समायोजित पद अनुसारको तलब, भत्ता तथा सेवा सुविधा कार्यकारी परिषदले यथाशीघ्र उपलब्ध गराउनु पर्ने ध्यानाकर्षण पत्रमा माग गरिएको छ ।