
बैतडीमा जिप दुर्घटना भएको छ। आम्चौराबाट मेलौलीतर्फ जाँदै गरेको ना २ च ४५५१ नम्बरको बोलेरो जिप पञ्चेश्वर गाउँपालिका–४ मा दुर्घटना भएको हो।

दुर्घटनामा परेर ३ जना घाइते भएका छन्। घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–४ का ६९ वर्षीय बिसर चन्द, सोहि ठाउँका २० वर्षीया प्रिंका चन्द र शिवनाथ गाउँपालिका–३ का सानु चन्द रहेका छन्। घाइतेहरुको आमचौर स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिपमा चालकसहित ७ जना सवार रहेका थिए। अन्य ३ जना सकुशल रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
वर्ष २५ का जिप चालक गजेन्द्र पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ। गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ। घटनाको बारेमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/12/23, 7:56
2021/06/18, 10:28
2022/02/13, 4:22
2023/02/28, 6:10