महाशिवरात्रिको अवसर पार्दै गोदावरी धाममा सरसफाइ
2024/03/07, 10:30
 
महाशिवरात्रिको अवसर पार्दै गोदावरी धाममा सरसफाइ

    कैलालीको गोदावरी धाममा महाशिवरात्रिको पूर्व सन्ध्यामा सरसफाइ गरिएको छ । बिहीबार 3DVL Creation  र हाम्रो संस्कृति हाम्रो पहिचान नेपालको सहकार्यमा सामाजिक क्रियाकलापमा सक्रिय रहेका युवाहरूले  महाशिवरात्रिको अवसर पार्दै गोदावरी धाममा रहेका मन्दिर सँगै मन्दिर वरपर सरसफाइ गरेको हो । 

    विगत केही समय ३/४ सालदेखि सामाजिक सेवा भावमा सक्रिय नेतृत्व गर्दै सामाजिक क्रियाकलाप गर्दै आउनु भएका अत्तरियाका युवा एल आर ओझा को नेतृत्वमा सुदूरपश्चिमको महत्त्वपूर्ण तीर्थस्थल गोदावरीधाममा सरसफाइमा ओझा सँगै  ॐ प्रकाश ओझा , हार्दिक ऎर , विष्णु बुढा , पदम बोहरा लगायतका थुप्रै युवाहरूको सक्रिय सहभागिता रहेको थियो ।

        पवित्र मन्दिरमा दर्शनार्थीलाई दर्शनका लागि सहज होस र सबैको मनोकामना पवित्र मनले पुरा होस भन्ने कामना राख्दै सामाजिक काममा लागेको 3DVL Creation का अध्यक्ष एल आर ओझाले बताउनु भयो । ओझाले भन्नू भयो हामीले विगतमा पनि यस्ता कार्य गर्दै आएको स्मरण गर्दै यसपालि अझ बढी गोदावरी धामलाई महत्त्व दिनुको अर्को कारण हाम्रो क्षेत्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य माननीय वीरबहादुर बलायर ज्युको एउटा सपना छ , बाचुन्जेल र मृत्युबरणमा दुवै बेला महत्त्व राख्ने  गोदावरी क्षेत्रमा स्वच्छ सफा र सुन्दर गोदावरी धाम बनाउन  हामी सबैको दायित्व भएको कुरालाई  हामीले अझ बढी फोकस गर्‍यौ ओझाले भन्नू भयो । गोदावरी मन्दिर क्षेत्र सरसफाइ गरेसँगै अब दर्शनार्थीहरुलाई सहज भएको छ ।

       युवाहरूको यो टिमले विगतमा पनि सुदूरपश्चिमको प्रमुख धार्मिक एवम् पर्यटकीय स्थल गोदावरी धाममा विभिन्न समयमा लाग्ने मेला र धार्मिक दिनको अवसर पारेर  सरसफाइ , रङ्ग रोगन गर्नुका साथै  स्वयंसेवकको भूमिका नि:शुल्क रूपमा गर्दै आएको र आगामी दिनहरूमा पनि  यस्ता कार्य गर्दै जाने आयोजकले बताएको छ ।