थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक, १९ विधाका को को परे ?
2024/03/20, 2:46
 
dd

पहिलो पटक हुन लागेको थारु राष्ट्रिय म्युजिक अवार्डको मनोनयन सार्वजनिक गरिएको छ । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको उपस्थितिमा १९ विधाका मनोनयन सार्वजनिक गरिएको हो । 

१२० छनोट मध्येबाट ६९ जनालाई शीर्ष स्थानमा राखिएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिले जानकारी दिएको छ । प्रत्येक विधामा बढिमा पाँच जना सम्म मनोनयनमा परेका छन् । केहीमा २ जना पनि रहेका छन् ।

मङ्गलवार धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै मनोनयनमा परेकाहरूको बारेमा जानकारी दिइएको छ । आजैबाट भोटिङ सुरु भएको आयोजक बर्दगोरिया इभेन्ट एन्ड मार्केटिङ प्रालिका प्रबन्ध निर्देशक हरेन्द्र चौधरीले जानकारी दिए । 

उनले नेपालमै पहिलो पटक थारु कलासंस्कृती संरक्षण गर्नका लागि थारु राष्ट्रिय म्युजिक अवार्डको आयोजना गर्न लागिएको बताए । चैत्र २४ गते शनिवार धनगढीमा एक भव्य कार्यक्रमका बिचमा अवार्ड वितरण गरिने समेत उनले जानकारी दिए ।  राष्ट्रिय थारु कलाकार मञ्च सुप प्रदेश सचिव स्वरूप चौधरीले थारु राष्ट्रिय म्युजिक अवार्डले थारु संस्कृति जोगाउन ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । 

आर्थिक मामिला मन्त्री घनश्याम चौधरीले थारु भाषा कला संस्कृतिको संरक्षण गर्नुपर्ने बेला आएको बताए । ‘थारु समाजमा नयाँ पुस्ताले पलायन हुँदै गइरहेका छन् ’ उनले भने, ‘राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा थारु भाषा संस्कृति पुराउन आवश्यक रहेको छ । विश्वभरिका नागरिकहरूलाई यसको महत्त्व बुझाउन आवश्यक रहेको छ । ’ थारु संस्कृति बचाउन सरकारी लगानी आवश्यक रहेको भन्दै उनले यस्ता कार्यक्रमहरू सरकारले सहयोग गर्ने प्रतिबद्धता बताए । 

उनले थारु राष्ट्रिय म्युजिक अवार्डका मनोनयनमा परेकाहरूलाई शुभकामना पनि दिए । अर्थमन्त्री चौधरीले मनोनयनमा परेकाहरूलाई मनोनयन पत्र पनि प्रदान गरेका थिए ।

को को परे मनोनयनमा ?