टीकापुर उद्यानमा एकै दिन तीन लाख सङ्कलन
2024/04/14, 6:40
 
dd

कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान ९टीकापुर पार्क०मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ। उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिवार १२ हजार बढी पर्यटक भित्रिएका छन्। पार्कमा शनिवार एकैदिन टिकट शुल्कबाट तीन लाख राजस्व सङ्कलन भएको जनाइएको छ।

उद्यानमा आउनेहरू अधिकांश पार्कमै वनभोज खाने, पार्कसँगै जोडिएको कर्णाली नदीमा ¥याफ्टिङ, जेट स्की, वाटरबोटमा आनन्द लिने गरेका उद्यानका इञ्चार्ज अर्जुन कुँवरले बताए। यस वर्षको पहिलो दिन हिजो नदीमा रमाउनेहरू पालो कुरेर बसेका थिए। वनभोजस्थलमा सयौँ समूहले खाना पकाएर खाने, नाचगान गर्ने लगायत मनोरञ्जनात्मक क्रियाकलाप गरेका बताए।

सुन्दर, शान्त र हराभरा रहेको उक्त पार्क पुग्ने सबैले आनन्द र रमाइलो महसुस गर्ने भएकाले पर्यटकको सङ्ख्या पनि बढ्न थालेको छ। पार्क हेर्नका लागी सुर्खेत,कञ्चनपुर तथा कैलालीका विभिन्न ठाउँबाट दर्शक आउने गरेका छन्।