सुदुरपश्चिमका ३० प्रतिशत बनमा डढेलो
2024/05/10, 6:04
 
crct

स्सुदूरपश्चिमको कूल वनको ३० प्रतिशत क्षेत्रमा डढेलो लागेको छ । चैत यता मात्रै सुदूरपश्चिमको कूल वन क्षेत्रको ३० प्रतिशत डढेलोले खाएको हो । सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुका अधिकांश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन् । प्रदेशका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रका ९ सय ७५ स्थानमा आगलागी भएको सरकारी तथ्यांक छ ।

प्रदेश सरकारसँग आगो निभाउने उपकरण र जनशक्ती नभएकाले समस्या नियन्त्राण्मा समस्या भईरहेको हो । सुदुरपश्चिमका पहाडी जिल्लाहरु जोड्ने एक मात्रै भिमदत्त पन्त राजमार्गको कैलालीको गोदावरीबाट माथि उकालो चढ्दा आँखा पिरोपिरो हुन थाल्छ । अझै अगाडी बढ्दै गयो भने प्रष्टैसँग देखिने धुवाँ मिसिएको वायु बहन थाल्छ । डाँडैभरि डढेलो सल्कँदा आएको धुवाँले नै यस्तो समस्या देखिएको छ । सुदुरपश्चिमका अधिकांंश सामुदायिक वन र राष्ट्रिय वन क्षेत्र डढेलोबाट प्रभावित छन् । डाडैभरी सल्केको डढेलोले पूरै पहाड धुवाँमय बनेको कैलालीको चुरे गाउँपालिकाका वडा नम्बर ५ का स्थानीय वासिन्दा नरवहादुर तामाङले बताए ।

पहाडैभरि फैलिएको डढेलोले वन सखाप पार्नुका साथै डढेलोबाट निस्केको धुवाँले अहिले पहाडको मौसम खराब छ । अहिले डढेलोबाट निस्केको धुवाँले आँखा पोल्ने तथा चिलाउने रोग समेत देखिएको छ । पछिल्ला दिनमा डाँडैभरि लागेको डढेलोबाट निस्केको धुवाँले टाढासम्म देखिने पहाडी दृश्यहरु धुँवाकै कारण नजिकैको दृश्य समेत देखिन छोडेको छ । जंगलमा डढेलो लगाउँदा चरिचरनका लागि नयाँ घाँस पलाउने भन्ने गलत मानसिकताका कारण स्थानीयले नै जानी जानी डढेलो लगाउने गरेको स्थानीयको भनाई छ । जनचेतनाको कमीका कारण बर्सेनी यहाँको जंगल डढेलोले सखाप भईरहेको चुरे गाउँपापलकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताए ।

सुदूरपश्चिम प्रदेशको कुल क्षेत्रफल मध्ये ५७ प्रतिशत क्षेत्रफल वनले ओगटेको छ । अहिले मात्रै सुदूरपश्चिमको वन क्षेत्रमध्ये ३० प्रतिशत वन क्षेत्र डढेलोको चपेटामा परेको छ । सुदूरपश्चिमका ९ सय ७५ स्थानमा यो वर्ष आगो लागिसकेको छ । प्रदेशका सामुदायिक वन र राष्ट्रिय वन क्षेत्रका ९ सय ७५ स्थानमा आगलागी भएको सरकारी तथ्यांक छ । चैत यता मात्रै सुदूरपश्चिमको कूल वन क्षेत्रको ३० प्रतिशत वन क्षेत्र डढेलोले सखाप भएको प्रदेश बन निर्देशनालय सुदुरपश्चिमका निर्देशक हेमराज बिष्टले बताए ।

तराईको जंगलमा लागेको डढेलो निभाउन सहज हुने गरे पनि पहाडी भेगमा लागेको डढेलो निभाउन कठिनाइ हुने गरेको छ । आम नागरिकसम्म जाचेतना नभएकै कारण आगलागीका घटना बढिरहेका छन् । यसले बन जगंल सखाप हुनुका साथै बन बाटै मानव बस्तीसम्म आगो पुग्दा ठुलो जनधनको क्षतीपनि निम्त्याउन सक्छ ।