सुशान्तसिंह राजपूतको अन्तिम चलचित्रले राख्यो नयाँ रेकर्ड
2020/07/26, 1:40
 
sushant

बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम चलचित्र ‘दिल बेचारा’ले नयाँ रेकर्ड कायम गरेको छ। २४ जुलाईमा डिजिटल प्लेटर्फमबाट प्रदर्शनमा आएको यो चलचित्रले २४ घण्टामा ७ करोड ५० लाख भन्दा बढी भ्यूज पाएको छ। 

यसअघि यसको ट्रेलरले पनि युट्युबमा नयाँ रेकर्ड कायम गरेको थियो। अपलोड भएको छोटो समयमै धेरै भ्यूज पाएको थियो भने पाँच लाख भ्यूज हुँदा १० लाख लाइक पाएको थियो। 

१४ जुलाईमा मुम्बईस्ति आफ्नै निवासमा आत्महत्या गरेका सुशान्तको अन्तिम चलचित्रको निकै प्रतिक्षा गरिएको थियो। प्रदर्शनमा आएपछि यो चलचित्रले थुप्रै रेडर्क कायम गर्न सफल भएको छ। 

इन्टरनेट डाटाबेस (आईएमडिबी) मा १० मा ९.८ रेटिङ मिलेको छ। मुकेश छावराको निर्देशकमा बनेको यो चलचित्रमा सुशान्तसँगै सन्जना साँघी र सैफ अलि खानको पनि अभियन छ। 

यसमा हलिउड चलचित्र ‘द फाल्स इन आवर स्टार्स’को कहानीमा आधारित छ। यो चलचित्र रिलिज भएको केही समयमै डिजिटल प्लेटफर्म हटस्टारमा नै समस्या आएको थियो। यूजर्सको संख्या यति धेरै भयो कि अन्ततः हटस्टारमा नै समस्या आयो। 

चलचित्र निर्माता हन्सल मेहताका अनुसार धेरै यूजर्सले एकै पटक हेर्दा हटस्टारमा नै समस्या आएको थियो।