सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका सबै परीक्षा भदौमा हुने
2020/08/01, 7:44
 
sup university

कोरोनाका कारण स्थगित भएका सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विभिन्न सङ्कायका परीक्षा आगामी भदौदेखि सञ्चालन हुने भएका छन् । नेपाल सरकारले गत चैत ११ गतेदेखि लकडाउन गरेपछि स्थगित गरिएका विश्वविद्यालयका विभिन्न सङ्काय अन्तर्गतका फरकरफरक तहका परीक्षा आगामी भदौ तेस्रो सातादेखि सञ्चालन हुने भएका हुन् ।

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार एक सूचना निकालेर स्थगित स्नातक तह प्रथम र तृतीय सेमेस्टरका परीक्षाहरु कोरोनाको अवस्था सहज भएमा भदौ तेस्रो सातादेखि सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । यसैगरी स्नातक पाँचौँ र सातौँ सेमेस्टर तथा बिबिएस प्रथम, द्वितीय, तृतीय र चतुर्थ वर्षका परीक्षाहरु असोज दोस्रो साताबाट सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयको तयारी रहेको छ ।

साथै स्नातकोत्तर तह प्रथम र तृतीय सेमेस्टरका परीक्षार्थीलाई समेत उक्त समयमा तयारी अवस्थामा रहन भनिएको छ । परीक्षासम्बन्धी विस्तृत समय तालिका पछि प्रकाशित गरिने परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिनुभयो । उक्त मितिमा परीक्षाका लागि सम्बन्धित सरोकारवाला क्याम्पस तथा विद्यार्थीलाई तयारी अवस्थामा रहन पनिकाले आग्रह समेत गरेको खबर आजको समाचार पत्रले छापेको छ ।