कैलालीका सुशन जोशी व्यवसाय, खेलकुद हुदैं अभिनयमा (भिडियो सहित)
2020/08/06, 5:45
 
sushan joshi

कैलालीको अत्तरिया निवासी युवा व्यवसायी सुसन जोशी अभिनयतिर लागेका छन् । व्यवसायसँगै खेलकुदमा लागेका उनी पछिल्लो समय अभिनयतिर लागेका हुन् । जोशीको अभिनय रहेको शुभकामना वोलको गीत सार्वजनिक भएको छ ।

निलम चन्द  र संगम चौहानसँगै सुसन जोशीको डेब्यु अभिनय रहेको गीत शुभकामना सार्वजनिक भएको हो । सुदुरपश्चिमका गायक हेमन्त आचार्यको स्वरमा रहेको गीतको म्युजिक भिडियोमा जोशीले अभिनय गरेका हुन् । यो गीतमा आचार्यको आफ्नै शब्द र संगीत रहेको छ ।

ओयसआर युट्ब च्यानलबाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा दिदीको बिहेमा शुभ कामना दिँदै विदाई गरेको दृश्य देख्न सकिन्छ । सो गीतमा जोशीले दुलाह निलम चन्दले दुलही र संगम चौहानले दुलही निलमको भाईको भुमिका निर्वाह गरेका छन् । 

जोशी व्यवसायसँगै खेलकुदमा संग्लन रहदै आएका छन् । अत्तरियाको वनदेवी युवा क्लबका अध्यक्ष रहेका उनी सुदुरपश्चिम ११ स्पोर्टस क्लबका सदस्य समेत रहेका छन् ।