गायक विजय दुःखीको मेरी मायालु सार्वजनिक (भिडियो सहित)
2020/08/07, 5:16
 
geet

कोभिड-१९ ले विश्व नै माहामारी डर र त्रासमा रहेको बेला कोरोना भाइरसले कसैलाई पनि छोडेको छैन । दिन प्रतिदिन कोरोना सङ्क्रमणको जोखिम बढेसँगै त्रास र असुरक्षित महसुस भइरहेको छ । यसैबिच लकडाउन केही खुकुलो भएसँगै नेपालि सांगेतक  क्षेत्र केही चलायमान भएको थियो ।

म्युजिक भिडियो लगायत छोटो समयमा छायाङ्कन सकिने विज्ञापन रियालिटी शोज हरूको छायाङ्कन तथा प्रसारण सुरु भएको छ । यती बेला बजारमा विभिन्न बिधाका गित आउने क्रम पछिल्लो समय निकै बढेको छ।यसै क्रममा प्रवासमा रहेर पनि नेपाली गित संगीत लाई असाध्यै माया गर्ने नव गायक बिजय दु:खिको आधुनिक म्युजिक भिडियो”मेरि मायालु”बुढा सुब्बा  युट्युब च्यानेल बाट सार्बजनिक भएको छ। बिजय दुःखी को लय/शब्द सिर्जना रहेको उक्त गितमा बिजय दु:खि ले नै सुमधुर स्वर दिएका छन।

देबेन्द्र कुवरको निर्देशन रहेको यो म्युजिक भिडियोलाई नरेश ऐर ले क्यामेरामा कैद गरेका छन।चर्चित मोडेल सारिका केसि भीम खड्का र पुजा स्वारको अभिनय रहेको यो भिडियो गितमा  मिन रावल को सम्पादन रहेको छ।