पत्रकार थापाले ल्याए सुदूरपश्चिम चिनाउने पुस्तक
2020/08/08, 11:04
 
book

सुदूरका सम्पूर्ण पर्यटकीय क्षेत्र, गतिविधि, मौलिकता र सम्भावनाका बारेमा थापाले एउटै पुस्तकमा समेट्ने प्रयास गरेका छन्। नयाँ गन्तव्यमा जान चाहनेहरूका लागि सुदूरपश्चिम क्षेत्र निकै महत्वपूर्ण सावित हुने पत्रकार थापाको विश्वास। पत्रकार थापाले यसअघि चारवटा पुस्तक प्रकाशन गरिसकेका छन्। काठमाडौं। पत्रकार भरतबन्धु थापाले सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको चिनारी समेटर पुस्तक तयार पारेका छन्। सुदूरका सम्पूर्ण पर्यटकीय क्षेत्र, गतिविधि, मौलिकता र सम्भावनाका बारेमा फोटो पत्रकार थापाले एउटै पुस्तकमा समेट्ने प्रयास गरेका हुन्।

विगत लामो समयदेखि पश्चिमको पर्यटन प्रवर्द्धनमा काम गर्दै आएका थापाले एक्सप्लोर फार वेस्ट ९द हिडन ट्रिजर अफ फार–वेस्ट नेपाल० नामक पुस्तकमा सुदूरका सबै पर्यटकीय क्षेत्रका बारेमा समेटिएको छ। ती क्षेत्रसम्म कसरी पुग्न सकिन्छ, तिनको महत्व के छ भन्नेबारेमा सम्पूर्ण जानकारी समेटिएको छ। सुदूरको पर्यटकीय क्षेत्रका बारेमा जानकारी राख्न चाहने र घुम्न जाने योजना बनाएकाहरूलाई यो पुस्तक एक मार्गदर्शकका रूपमा हुनसक्ने थापाको दाबी छ।

2

पर्यटन विकास समाज धनगढीले प्रकाशन गरेको कितावमा थारु संस्कृति, ऐतिहासिक तथा प्राकृतिक तालतलैया, चराचुरुंगी, पार्कका विषयमा जानकारीसहित यी क्षेत्रमा कुन माध्यमबाट कसरी पुग्न सकिन्छ भन्ने पूर्ण जानकारी पनि समेटिएको छ। सुदूरपश्चिम क्षेत्र जंगल सफारीका लागि पनि उपयुक्त गन्तव्य हो । यस्तै कर्णाली नदीमा र्‍याफिटङ र यो काम कसरी कहाँदेखि कहाँसम्म गर्न सकिन्छ भन्ने जानकारी पनि समेटिएको छ। सकेसम्म किताबमा सुदूरपश्चिममको चलेको तथा लुकेका स्थानको उजागर गर्ने हेतुले सुचना सहितको किताव प्रकाशन गरेको पर्यटन विकास समाका अध्यक्ष कृष्णबहादुर महराले बताए ।

सुदूरसँगै जोडिएको मध्यपश्चिम क्षेत्रमा अवस्थित बर्दिया राष्ट्रिय निकुञ्ज जहाँ पाटे बाघका लागि प्रख्यात क्षेत्र पनि हो। यस्तै सुक्लाफाँटा वन्यजन्तु आरक्ष, खप्तड राष्ट्रिय निकुञ्ज जहाँ ऐतिहासिक र प्राकृतिक सौन्दर्यका लागि घुम्ने मुख्य स्थान पनि हो। यस्तै धार्मिक हिसाबले पनि यो क्षेत्र उत्तिकै महत्वपूर्ण छ। यहाँ सनातन हिन्दु धार्मिक आस्थावानका लागि दर्शन गर्ने पवित्र गन्तव्य पनि हो ।

खप्तड राष्ट्रिय निकुञ्जभित्रको त्रिवेणी धाम पनि हिन्दुहरूको पवित्र स्थल हो। यहाँ हरेक वर्ष हजारौं भक्तजनहरू दर्शनका लागि आउने गरेका छन्। यस पुस्तकभित्र सुदूर पश्चिम क्षेत्रका हरेक जिल्लामा रहेका एकेतिहासिक, धार्मिक, पर्वतीय, वन्यजन्तु र अन्य महत्वपूर्ण पर्यटकीय क्षेत्रका विषयमा सम्पूर्ण जानकारीसहित पुग्ने माध्यमका बारेमा पनि जानकारी दिइएको छ।

अहिले कोरोना भाइर संक्रमणका कारण पर्यटकीय गतिविधि ठप्प छ । तर, अवस्था सामान्य बन्दै गएपछि नयाँ गन्तव्यमा जान चाहनेहरूका लागि सुदूरपश्चिम क्षेत्र निकै महत्वपूर्ण सावित हुने थापाले बताए । धनगढीको पर्यटकीय नक्शा पनि प्रकाशन गरेका छन्। आन्तरिक तथा बाह्य पर्यटको अबको गन्तव्य भनेको पश्चिम नेपालका हो। यही कुरालाई मध्यनजर गर्दैका किताबसहित पर्यटकीय नक्शा समेत प्रकाशन गरेको समाजका अध्यक्ष महारले बताए ।

थापाले यसअघि पश्चिम नेपालको पर्यटन प्रवर्द्धन गर्ने हेतुले विभिन्न संघ–सस्थाहरूसँग मिलेर दैलेख, सुर्खेत, धनगढी, बाँके, काठमाडौं लगायतका स्थानमा पश्चिम नेपालका पर्यटकीय स्थलहरूको तस्वीर प्रर्दशनी गरिसकेका छन् भने बाघ हेर्नका लागि प्रख्यात मानिने बर्दियाको पर्यटकीय नक्शा समेत प्रकाशन गरिसकेका छन् । दैलेखको कट्टी मनघर जन्मेका थापाले सात वर्षअघि हिमालयन म्याप हाउसको प्रकाशनमा पश्चिम नेपाल अर्थात तत्कालीन मध्य र सुदूरपश्चिमलाई समेटेर ‘वाईल्ड वेष्ट नेपाल’ फोटो किताब प्रकाशन गरेका थिए।