‘‘माष्टरकी छोरी’ ल्याए अछामी बड्डाले (भिडियो सहित)
2020/08/10, 8:16
 
geet

अछामी बड्डो नामले चर्चिक डेउडा गायक लालबहादुर धामीले ‘माष्टरकी छोरी’ बोलको गित बजारमा ल्याएका छन् ।  लकडाउनका कारण थलिएको संगीत बजार बिस्तारै उचाई लिईरहेका बेला धामीले नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

शब्द र संगीत सर्जक राजेन्द्र शाह बिपीको रहेको गीतमा लालबहादुर धामी अछामी बड्डो र चर्चित लोकदोहरी गायिका टिका पुनको स्वर दिएका छन् ।
कञ्चनपुर भिमदत्तनगरपालिकाको पहाडी भुभाग पर्यटकीय क्षेत्र चाँदबारीमा छायाङकन गरेको म्युजिक भिडियोको निर्देशन चर्चित नृत्य निर्देशक भिम थापाले गरेका हुन् भने गीतको ऐरेन्ज बिनोद बाजुरेलीले गरेका हुन् ।

थुप्रै डेउडा, लोकपप गीत बजारमा ल्याईसकेका धामीले यो गीतबाट पनि स्रोता दर्शकबाट रामै माया पाउने गायक धामीले बताए । भिडियोमा गायक आफै लालबहादुर धामी, सिमा खड्का र लक्ष्मण अधिकारीले अभियन गरेका छन् ।