सूर्यप्रसाद-विष्णुदेवी राष्ट्रिय साहित्य पुरस्कारको स्थापना
2020/08/10, 10:48
 
PURASKAR

धनगढीका समाजसेवी तथा साहित्यकार सूर्यप्रसाद जोशीले आफ्नी दिवंगत पत्नीको समृतिमा ' सूर्यप्रसाद- विष्णुदेवी राष्ट्रिय साहित्य पुरस्कार' स्थापना गरेका छन्। कैलाली जनपुस्तकालय धनगढी मार्फत् सञ्चालन हुने गरि सो पुरस्कारको अक्षयकोष स्थापना गरिएको हो।

अक्षयकोषका लागि पुरस्कार संस्थापक जोशीले एक लाख एक हजार एक सय एघार रूपैंयाको चेक पुस्तकालयका अध्यक्ष डा.टी एन जोशीलाई हस्तान्तरण गरेका छन्। अक्षयकोषको ब्याजबाट प्राप्त हुने रकमबाट प्रत्येक वर्ष एक जना साहित्य स्रष्टालाई राष्ट्रिय स्तरमा नगद दश हजार र सम्मानपत्रबाट सम्मानित गरिने जनपुस्तकालयका अध्यक्ष डा.जोशीले बताए। पहिलो पुरस्कार यसै वर्ष प्रदान गरिने पनि पुस्तकालयले जनाएको छ।

पुरस्कारका संस्थापक जोशी धनगढी उपमहानगरपालिका 2 सन्तोषिटोल निवासी हुन्। लामो समय सरकारी सेवामा कार्य गरि सेवा निवृत्त जोशीको कविता सङ्ग्रह पनि प्रकाशित छ।पछिल्लो समय उनी साहित्य लेखन र समाजसेवामा सकृय रहेका छन्। दर्जनौं संघसंस्थामा आबद्ध जोशी कैलाली जनपुस्तकालयका आजीवन सदस्य पनि हुन्