माया मेट्रो अस्पतालका २७ स्वास्थ्यकर्मीको रिपोर्ट नेगेटिभ
2020/08/14, 8:45
 
Korona

अस्पतालमा उपचाररत गर्भवतीमा कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको छ। धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टरसहितका २७ जना स्वास्थ्यकर्मीको रिर्पोट नेगेटिभ आएको हो।

अस्पतालका अध्यक्ष धिरेन्द्र साउदले धनगढीमा गरिएको पीसीआर परीक्षणका क्रममा रिर्पोट नेगेटिभ आएको जानकारी दिए। आजदेखि केही दिनका लागि स्थगित रहेका सेवाहरु पूर्ण रुपमा सुचारु हुने समेत अध्यक्ष साउँदले जानकारी दिए। 

केही दिनअघि माया मेट्रो अस्पतालमा उपचाररत बैतडीको पाटन नगरपालिका ३ की १९ वर्षीय महिलामा आइतबार कोरोना पुष्टि भएको थियो। उनको अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा उपचार भईरहेको छ।