क्यानाडाका सिटि बसमा खप्तड र बडिमालिकाको प्रचार
2019/09/19, 2:34
 
ddffd

क्यानाडा-क्यानाडाका सिटि बसमा सुदूरपश्चिम सहित नेपालका महत्वपूर्ण पर्यटकीय स्थलकातस्विरहरु राखीप्रचार प्रसार थालिएको छ। नेपालपर्यटन बोर्ड क्यानाडाका मानार्थ प्रतिनिधि नरबहादुर टण्डनको अगुवाई तथा नेपाल र क्यानाडामा रहेका विभिन्न संघ संस्थाको सहकार्यमा सो अभियान थालिएको हो।

मिसिसागाका  १० वटा सार्वजनिक बसमा नेपालको सर्वोच्चशिखर सगरमाथा, पशुपतिनाथ, लुम्विनी, पोखरा,  नेपालकी जीवित देवीकुमारी, सुदूरपश्चिम प्रदेशको खप्तड, बडिमालिका, अपि सैपाल हिमाल लगायतका पर्यटकीय गन्तव्य स्थलहरु राखिएका छन्।

दुई महिना सम्म मिसासागा, टोरन्टो, ब्रहामटन लगायतका सहरमा यसरी प्रचार प्रसार गरिने मानार्थ प्रतिनिधि टण्डनले बताए। शनिवार क्यानाडाको मिसिसागा रिभरवड पार्कमा नेपाल झल्काउने तस्विर अंकित सिटि बस ल्याई पञ्चकन्याका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो।