धनगढीको मायाले बाँधिएका नवजीवनका मणि
2020/08/18, 5:07
 
bidhur mani dhakal

सीताराम ओझा- चितवनमा जन्मिएका ४४ बर्षीय डाक्टर विदुर मणी ढकाललाई धनगढीको मायाले बाँधेको ९ बर्ष भईसकेको छ । चिकित्सा सेवा दिनका लागि धनगढी आउँदा जाँदा बसेको माया गाडा बन्दै जाँदा अब उनलाई यतै सेवामा जीवन समर्पित गर्ने चाहना छ ।

1

धनगढीको सवैभन्दा पहिलो निजि क्षेत्रको अस्पताल नवजीवन अस्पताल हुदैं धनगढीसँग बसेको मायाले उनमा मनपढी गरिसकेको छ । हिउँभन्दा चिसो आगोभन्दा तातो तिम्रो हाम्रो साईनो रगतभन्दा रातो बोलको गीतमा भने जस्तै उनको मायाले नवजीवन अस्पतालले पनि अत्याधुनिक चिकित्सा सेवा सुदुरपश्चिमवासीलाई दिनका लागि मणीको जस्तै काम गरेको छ । अर्थात मणीको आगमनपछि उनले गरेका प्रयासहरुबाट नवजीवनले पनि नयाँ जीवन प्राप्त गरेको छ ।

1

विदुर मणीको नवजीवनसँग साईनो जोडिनुको कथा वेग्लै छ । चितवनपछि आईएस्सी पढ्न काठमाण्डौं हानिएका उनीले नेपालमै एमबीबीएस पढ्ने तयारी थाले । तर उनको पालामा नेपालमा डाक्टरी पढाई हुने क्याम्पस दुई वटाभन्दा बढी थिएन् । उनले नेपालमा एमबीबीस पढ्ने अवसर गुमिसकेको अवस्थामा रसियामा पढिरहेका सहकर्मी साथीले उनलाई पढ्नका लागि रसिया वोलाए । उनी मस्को हानिए । त्यहीबाट एमबीबीएस पास गरे । हुन त विदेश गएका धेरै जना नपाल फर्किन मान्दैनन् तर विदुर नेपाल फर्किए ।

nav jeevan hospital

1

एक बर्ष भैरहवा स्थित जिल्ला अस्पतालमा काम गरे । एमबीबीएस गरेपछि सरकारी करार सेवामा उनले जागीर त पाए तर उनलाई कुनै एक विषयमा विशेषज्ञता हासिल गर्नुपर्छ सोच आयो । फेरि हानिए एमडी गर्न रसिया तिरै । एमडी पनि पुरा गरे हाडजोर्नी तथा नशा रोगमा । फेरि पनि नेपाल फर्किए । चितवनमा पुरानो मेडिकल कलेजमा केही समय काम गरेपछि उनी काठमाण्डौं लागे र त्यहाँमनमोहन मेडिकल कलेजमा काम गरे । त्यहाँ उनी जस्तै अन्इ चार जना विशेषज्ञ डाक्टरहरु पनि काम गर्दै आएका थिए ।

3

यता धनगढीमा नवजीवन अस्पतालले काठमाण्डौंबाट डाक्टर बोलाउने योजना बनायो । उनी कार्यरत अस्पतालसँग सम्झौता गर्दै हरेक हप्ता एक जना हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरहरुलाई धनगढी वोलाउने गथ्र्यो । त्यस क्रममा विदुरमणी सहितका चार जना डाक्टर पालैपालो धनगढी आउने एक हप्ता वस्ने र फर्किने क्रम सुरु भयो । यो क्रम झण्डै एक बर्षसम्म चल्यो ।

2

२०६७ सालमा एक बर्ष काम गरेपछि नवजीवन अस्पतालका सुरुवातका सञ्चालक तीन जना मध्ये एक जना पनि अस्पतालमा रहने अवस्था नभएको स्थितिमा विदुर मणीलाई शेयर पनि हाल्ने काम पनि गर्ने प्रस्ताव आयो ।

2

उनलाई मेडिकल डाईरेक्टर बनाउने बनाउने र सवै जिम्मेवारी दिने प्रस्ताव आउँदा उनले त्यसको विश्लेषण गरे । आफ्नो पनि सम्भावना राम्रो देखे । किनकी उनी आउनुअघिसम्म सुदुरपश्चिममा हाडजोर्नी तथा नशा रोग विशेषज्ञको रुपमा डाक्टर सुसिल भण्डारी र नरवहादुर मौनी मात्रै काम गरिरहेका थिए ।

4

उनले सञ्चालकहरुलाई पद मात्रै होईन अस्पतालमा कुनै हस्तक्षेप पनि गर्न नहुने सुझाव राखे । अस्पतालका सञ्चालकले मन्जुरी जनाए । २०६९ सालदेखि उनी निरन्तर रुपमा धनगढीमै चिकित्सा सेवा दिनका लागि अनवरत लागिरहेका छन् । आफ्नो छुट्टै नाम मात्रै बनाएका छैनन की नवजीवनको मुहार पनि फेरेका छन । 

kailali hospital

1

धनगढीमा सधैंका लागि आउँदाका दिनको अवस्था अहिले पनि विदुरमणीको मष्तिकमा ताजैं छ । दुई स्थानमा अस्पताल सञ्चालन हुँदा पनि अस्तव्यस्त आर्थिक अवस्था, दईनीय ओपिडीहरु, लथालिंङ उपकरणहरुले केही महिना उनलाई राम्रो सेवा दिन पनि निकै अप्ठेरो भयो ।

2

सामान्य चेकजाँच र उपचार मात्रै हुने अस्पतालमा अप्रेशसन गर्नका लागि कुनै उपकरणहरु पनि थिएनन् त्यो वेला । उनी आफु हाडजोर्नी तथा नशा रोग विशेषज्ञ भएकोले उनलाई आफ्ना लागि चाहिने उपकरणहरुको व्यवस्थापन गर्नै आधा बर्ष वित्यो ।

2

उनी आउँदा अस्पतालमा सरकारको सुरक्षित मातृत्व कार्यक्रम सञ्चालन भईसकेको थियो तर स्त्रीरोग विशेषज्ञको अभाव थियो । उनले त्यसलाई परिपुर्ति गर्नका लागि सँगै पढेका सहकर्मी डाक्टर जयराज केसीलाई धनगढी वोलाए । उनी पनि अस्पतालको सञ्चालकै रुपमा धनगढी आए र सेवा दिन थालेपछि सुरक्षित मातृत्व कार्यक्रम प्रभावकारी बन्यो ।

1

त्यसपछि आवश्यकता महसुस भयो बालरोग विशेषज्ञको । त्यो पनि खोजे उनले । एकातिर उपकरणहरुको जोहो अर्कोतिर विशेषज्ञ चिकित्सकहरुको खोजीमै केही समय विताए उनले ।

2

अस्पतालमा स्वास्थ्य सेवाहरु विस्तार र थप हुदैं गएपछि विरामीहरुको संख्यामा मात्रै वृद्धि भएन की नवजीवन अस्पताल प्रतिको विश्वास पनि वढ्यो । त्यसपछि उनले जनरल फिजिसियन, जनरल सर्जन लगायतका विशेषज्ञहरु सेवाहरु थपिदै गए । आजको दिनसम्म नवजीन अस्पतालमा १० जना फरक फरक विशेषज्ञले सेवा दिईरहेका छन् । नयाँ सेवा थप्ने क्रममा विदुरले सुदुरपश्चिममा विना चिरफार दुर्विन विधिबाट किड्नीको पत्थरी सेवा थाले । जसका लागि उनले डाक्टर सन्जय खड्कीलाई धनगढी वोलाएर यो सेवाको सुरुवात गरेका थिए । 

3

विदुरमणी ढकालकै पहलमा पछिल्लो दुई बर्षदेखि अस्पतालले आईसियु सेवा दिईरहेको छ । एनआईसियु सेवा थप्ने तयारी गरिएको छ । डाईलासिस र सिटी स्क्यान सेवा विस्तारको योजना बनिसकेको छ । तर उनलाई सवैभन्दा बढी खड्किएको भनेको मुटुरोग विशेषज्ञको हो ।

3

सामान्य उपचार नपाउँदा पनि मुटुरोगीहरुले अकालमै ज्यान गुमाईरहेको देखेका छन् । भोलीका दिनमा आफुलाई केही भयो भने त्यो वेला के होला भन्ने महसुस गरेका छन् । त्यही भएर कार्डियोलोजी सेवा दिनका लागि उनले सवैभन्दा वढी मेहनत गरिरहेका छन् ।

2

हाल अस्पताल रहेको रातोपुलमा थप पुर्वाधार पनि निर्माण भईसकेका छन् । १० वडा विशेषज्ञ सेवा दिनका लागि एक करोडको लगानीमा सुविधा सम्पन्न ओपिडी वार्ड निर्माण सम्पन्न भईसकेको छ । यो वार्ड भदौ महिनाभित्रै सञ्चालनको तयारी गरिएको छ । त्यसैगरी एक सय जना अटाउने मेडिकल हल पनि निर्माण भएको छ । मेडिकल सम्बन्धी कार्यक्रम कुनै होटेलमा गर्नुपर्ने वाध्यताको अन्त्य गर्नका लागि मेडिकल हल बनाईएको हो भन्छन् डाक्टर ढकाल । 

4

निकट भविष्यमै आफ्नै सुविधा सम्पन्न अस्पताल निर्माणका लागि धनगढीको राजपुरमा १७ कट्टा जग्गा किनिसकिएको छ । झण्डै २० करोडको लगानीमा सुविधा सम्पन्न पुर्वाधार निर्माणका लागि वातावरणीय प्रभाव मुल्याकंन भईसकेको छ । एक दुई बर्षभित्रै भवन निर्माणको काम थाल्ने योजनामा डाक्टर ढकाल लगायतका सञ्चालकहरु रहेका छन् । ९ बर्ष अगाडीसम्म अस्पतालमा दिनमा उपचारका लागि आठ दश जना आउने गर्थे भने एक दुई वटा अप्रेशन हुन्थ्यो । तर आजको दिनमा स्थिति फेरिएको छ ।

5

अस्पतालमा दैनिक उपचारका लागि डेढ दुई सय जना विरामी आउने गर्छन भने आठ दश वटा अप्रेशन हुन्छन् । डाक्टर विदुरमणी ढकालले आफु स्वयम पनि दैनिक चालिस पचास जना विरामी हेर्छन भने दिनमा एक दुई अप्रेशन गर्छन् । तीन जना एमबीबीएस डाक्टर सेवा थालेको नवजीवन अस्पतालमा अहिले १० जना विशेषज्ञ सहित एक सय १० जनाभन्दा वढी चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरु कार्यरत छन् ।

4 नवजीवन अस्पतालले कुनै समय एक्लो निजि अस्पतालका रुपमा सेवा दिईरहेको थियो । अहिले आएर भने धनगढी मेडिकल हबका रुपमा विकास भएको छ । नयाँ नयाँ अस्पतालहरु, विशेषज्ञ सेवाहरु र अत्याधुनिक उपचार पद्धतिहरु धनगढी भित्र्रिएका छन् । यसलाई डाक्टर ढकाल सकारात्मक मान्छन् । उसले विरामीहरुको संख्या घट्नुको साटो बढेको उनको अनुभव छ ।

cp hospital

कम अस्पताल हुँदा विरामीहरुलाई अस्पताल छानेर उपचार गर्न पाउने अवसर थिएन तर अहिले एक अस्पतालमा भएन भने अर्को अस्पताल छ, त्यहाँ पनि भएन भने अर्को अस्पताल छ भन्ने विश्वासमा देशका अन्य भागमा र भारत जाने विरामीहरु धनगढीकै अस्पताल आउन थालेको उनको विश्लेषण छ ।

2

4

2

1

अस्पतालहरुलाई पनि अव सुविधा सहितको गुणस्तरीय सेवा दिने अवस्था आउँदा अस्पतालहरुमा वढेको सेवाबाट विरामीहरुलाई लाभ हुने तर्क डाक्टर विदुर मणी ढकालको छ । मध्य नेपालको तराईबाट पश्चिम नेपालको तराई पुगेका डाक्टर विदुर मणी ढकाल अव धनगढीकै मायाले यसै ठाउँमा स्वास्थ्य सेवामा समर्पित हुदैछन् । त्यसका लागि उनले जग्गा किनिसकेका छन् । व बस घर बनाएर आधिकारिक रुपमा वसाई सर्न मात्रै बाँकी छ कागजी रुपमा तर उनको मनले धनगढी वसाई सरिसकेको छ । उनले धनगढीसँग गहिरो माया गासिसकेका छन् ।