बिमाबाट विरामीको सेवामा वेद
2020/08/21, 1:01
 
bed joshi

सीताराम ओझा- धनगढीमा सारथी अस्पताल खुलेको एक बर्ष हुन लागेको छ । तीन जना चिकित्सक सहित आठ जनाले मिलेर खोलेको अस्पतालले फरक उपचार दिईरहेको छ । भित्र जाने वित्तिक्कै वातानुकुलितले फरक अनुभुती दिने अस्पतालको नेतृत्व लिईरहेका छन् वेदप्रकाश जोशीले । लामो समयसम्म बिमा कम्पनीमा काम गरेका उनी अस्पताल चलाएर विरामीहरुलाई उपचार सेवा दिईरहेका छन् ।

kailali hospital

1

अस्पतालमा बाँझोपन र सिकलसेल हेमाटोलोजी सेवा दिईरहेको सारथी अस्पतालमा वेद अध्यक्ष पदमा नेतृत्व लिईरहेका छन् । सवै किसिमका उपचार सेवाहरु दिईरहेको अस्पतालमा मुटुको भिडियो एक्सरे सेवा धनगढीमा उपलब्ध भएको छ । यो सेवा सुदुरपश्चिममा अन्त छैन् । अस्पतालमा मुटु सम्बन्धी सेवाहरु विस्तार गर्ने योजना वेदले बनाएका थिए । तर लकडाउनले योे काम पछाडी थकेलिएको छ । ११ महिनाको अवधिमा अस्पतालले झण्डै एक हजार जना विरामीहरुलाई सेवा दिएको छ ।  अस्पताल सञ्चालन गर्दासम्म वेद प्रकाश जोशीका आफ्नै कथा व्यथाहरु छन् । 

4

वैतडीको तल्लादेहीका उनी महेन्द्रनगरमा जन्मिए । बाल्यकालका केही बर्ष महेन्द्रनगरमै विताएपछि फेरि वैतडी फर्किए । वैतडी फर्किनुको पनि आफ्नै व्यथा छ उनीसँग । महेन्द्रनगरमा उनका बुबाले किनेको जग्गा अर्कैको नाममा थियो । उनका बुबाको नाममा लालपुर्जा नबनेका कारण यो जग्गामा उनको परिवारको स्वामित्व नभएपछि फेरि बैतडी फर्किएका हुन् । सात कक्षामा पढ्दै गर्दा उनको विवाह भयो । सानो उमेरमा भएको विवाहका केही स्मरणहरु मात्रै याद छन् उनीसँग । कक्षा ७ मा विवाह भएपनि कक्षा १० सम्म पढ्दा आफ्नी श्रीमतिसँग न भेट भयो न विवाह भएको नै अनुभुती भयो ।

2

4

एसएलसी पास गरेपछि बल्ल उनलाई आफु विवाह बन्धनमा बाँधिएको थाहा भयो । त्यसपछि श्रीमतिलाई लिएर महेन्द्रनगर झरे । ल्याब एसिस्टेन्ट पढे । प्रविणा तह पनि उत्तिर्ण गरे । डाक्टर शुभेषराज कायस्थ महेन्द्रनगरमा रहँदा त्यहाँको शर्मा प्रयोगशालामा ल्यावका भाडाहरु धुने काम गरे । डेरा गरी बस्नुपर्ने अवस्थामा काम गर्दा पाउँदा तलब थियो मात्रै ६ सय । त्यसले पुग्ने कुरै भएन् । वनवासाबाट चिनि ल्याएर घर परिवारको खर्च चलाए केही बर्षसम्म । प्रति किलोमा ३ रुपैयाँ फाईदा लिएर महेन्द्रनगरका गल्ली गल्लीमा चिनी बेचेर गुजारा चलाए । त्यहाँकै वसाईमा उनले स्नातक र स्नाकोत्तर सोसोलोजीमा पास गरे । 

2

महेन्द्रनगरपछि वेदको वसाई धनगढी भयो । जिपी मेडिकलमा आफ्नै ल्याब खोले । त्यहाँ ल्याव चलाएपछि आफ्नै मेडिकल पनि खोले र प्रयोगशाला पनि खोले । धनगढी आएसँगै झण्डै ८ बर्ष नेशनल लाईफ ईन्सुरेन्सको क्षेत्रीय प्रबन्धक भएर काम गरे । यो अवधिमा झण्डै दुई हजार दुई सयभन्दा वढी मानिसहरुको बीमा पनि गरे । बीमा मार्फत नै विदेशहरुको भ्रमण पनि गरे । चार पटक थाईल्याण्ड, दुई पटक सिंगापुर, कतार र मलेसिया घुमे । तर उनले आफ्नो पोशाक कहिल्यै फेरेनन् । आजको दिनसम्म पनि उनको परिहन उस्तै छ । ढाका टोपी, सेतो सट पाईन्ट र निधारमा टिका वेद प्रकाश जोेशीको पहिचान हो । यही पोशाकले उनी टाढाबाटै चिनिन्छन् । विदेश जाँदा पनि उनले यो पोशाकलाई छोडेनन् । त्यही देखेर विदेशी पत्रकारले उनको वारेमा आफ्नो पहिरन र पोशाक नछोडेको भन्दै लेख पनि लेखेका थिए । 

mm

2

बिमा लागेकै वेला पनि वेदले धनगढीमा मेडिकल र प्रयोगशाला चलाएसँगै विभिन्न जाँच र उपचारका लागि अलग अलग ठाउँहरुमा विरामीहरु चहारिरहेको देखे । उनीहरुले विभिन्न दुःखहरु भोगिरहेको पनि हेरे ।

nisarf

1

उनको मनमा यी सवै सेवाहरु एकै ठाउँमा दिन पाएपछि विरामीहरुलाई राहत हुन्थ्यो भन्ने सोच बनाए । त्यही सोचले साकार रुपमा सारथी अस्पताल खुलेको हो । जहाँ अचेल उनको अधिकांश समय वेतित भईरहेको छ ।

4

अस्पतालमा विरामीहरुको उपचार गर्न पाउँदा आत्म सन्तुष्टि मिलेको महसुस गर्छन् उनी । उपचार नपाएर मृत्युको मुखसम्म पुगेकाहरुलाई बचाउन पाउँदा पाएको आर्शिवादले सबैको साथ सहयोग र माया पाएको अनुभुती गर्छन् । आगामी दिनमा पनि यस्तै सेवामा लागिरहने र अस्पतालमा पनि नयाँ नयाँ सुविधाहरु सहित सेवा विस्तार गर्ने योजनामा वेद जोशी रहेका छन् ।       

2
2