सेती अस्पतालका एम्बुलेन्स चालकमा कोरोना देखियो
2020/08/28, 6:11
 
corona

सेती प्रादेशिक अस्पतालमा कार्यरत एम्बुलेन्स चालकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। धनगढी उप–महानगरपालिकामा बस्दै आएका ५४ बर्षीय एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले आज भएको परीक्षणमा उनमा संक्रमण पुष्टि भएको बताए। यसअघि सेती अस्पतालमै कार्यरत तीन जना सफाई कर्मचारी र नौँ स्वास्थ्यकर्मीमा कोरोना देखिएको थियो।