बिगबोस-१४ मा सलमानको पारिश्रमिक २५० करोड
2020/08/28, 6:42
 
salman khan

सिजनहरुमा जस्तै यस सिजनमा पनि सलमानले नै कार्यक्रम सञ्‍चालन गर्ने छन् । सलमानले १४ औं सिजनका लागि प्रोमो छायांकन सकिसकेका छन् । जुन कलर्स टिभीबाट चाँडै प्रसारण हुँदैछ ।
 
सलमानलाई यस सिजनका लागि २५० करोड पारिश्रमिक प्रदान गरिने छ । एक स्रोतले बलिउड हंगामालाई यसबारे जानकारी दिँदै भने,“सलमान खान सानो पर्दामा सबैभन्दा धेरे पारिश्रमिक लिने अभिनेता हुन् । उनलाई १४ औं सिजनका लागि २५० करोड पारिश्रमिक दिइँदैछ । उनले हप्ताको एकदिन र दिनको दुई इपिसोड छायांकन गर्नेछन् । 

अर्थात उनले १२ हप्ता छायांकन गर्नेछन् । उनलाई एकदिन छायांकनका लागि २०.५० करोड पारिश्रमिक प्रदान गरिनेछ । हरेक वर्ष जस्तै यस वर्ष पनि सलमानसँग 'ब्लाङकेट' सम्झौता गरिएको हो । जसमा उनी टेलिभिजन च्यानलको केही अवार्ड कार्यक्रमहरुमा पनि उपस्थित हुनु पर्नेछ ।”

सेप्टेम्बरदेखि प्रिमियर हुने भनिएको यो सिजन वर्षाका कारणले गर्दा पछाडि धकेलिएको हो । बिग बोस १४ का लागि मुम्बइको फिल्मसिटीमा भवन बनाइँदै छ । वर्षाका कारण अझै भवन पूर्ण रुपमा तयार भइनसकेकाले निर्धारित समयमा प्रिमियर गर्न अवरोध आएको हो । 

जसकारण अक्टोबरको मध्यतिर प्रसारण हुने अनुमान निर्माण टिमले गरिरहेको छ । बलिउड हंगामा