खेलकुद र राजनीतिका ओपन स्पाईकर
2020/08/29, 9:48
 
deepak singh

सीताराम ओझा- झण्डै चार बर्ष घाँसे मैदान जस्तै थियो धनगढीको रंगशाला । गलत कृयाकलपा गर्ने थलो थियो खेलकुदको उर्वरभुमी मानिने कभर्डहल क्षेत्र तर अहिले रंगशालाको स्थिति वदलिएको छ । कभर्डहलको मुहार फेरिएको छ । खेलकुदका संरचनाहरु थपिएका छन् । भवन बनेका छन् । प्याराफिट थपिएका छन् । मिनि कभर्ड हल निर्माण भएका छन् । आम्दानीको स्रोतको रुपमा सटरहरु थप भएर कैलाली जिल्ला खेलकुद विकास समितीलाई मासिक रुपमा चार लाख आम्दानी भईरहेको छ । त्यही आम्दानीले जिल्ला खेलकुद विकास समितीले हाल १२ जना प्रशिक्षकलाई करार राखेर खेलकुद प्रशिक्षण गराईरहेको छ । त्यसको श्रय जान्छ कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपकवहादुर सिंहलाई । 

2

 

2

केही बर्ष अघिसम्म उजाड र झाडीले भरिएको धनगढी रंगशालाले आजभोली मुहार फेरेको छ । रंगशाला क्षेत्रमा संरचनाहरु निर्माण भएका छन् । जिर्ण र रंग खुईलिएका भवनहरु रंगीएका छन् । करोडौंका संरचनाहरु निर्माण भएका छन् । खेलकुदका विभिन्न पुर्वाधारहरुसँगै व्यवसायिक भवनहरुमा बनाईएका सटरहरुबाट कैलाली जिल्ला खेलकुद विकास समितिले मासिक चार लाखभन्दा वढी आम्दानी गरिरहेको छ । अर्को अर्थमा भन्दा कैलालीको खेलकुद विकास समितिले पुर्नजन्म पाएको छ ।

1

यसको सवै श्रय जान्छ कैलाली जिल्ला खेलकुद विकास समितिका निवर्तमान अध्यक्ष दिपकवहादुर सिंहलाई । उनकोे कैलाली जिल्ला खेलकुद विकास समितिमा अध्यक्षको कार्यकाल सकिएको एक बर्ष पुगिसकेको छ । तर उनले उनले अध्यक्ष पदमा रहेर गरेका कामहरु भने सवैका स्मरणमा ताजै छन् । कैलाली जिल्ला खेलकुद विकास समितीको अध्यक्षमा २०७२ असोज १४ गते नियुक्ती भएर २०७६ असोज १४ गते कार्यकाल सम्पन्न गर्नुभएका दिपकवहादुर सिंहले आफ्नो कार्यकालमा देशभरीमै कैलाली जिल्ला खेलकुदलाई उत्कृष्ट तेस्रो बनाए । उनले आफ्नो कार्यकालमा धेरै काम गरे । 

2

फाप्ला मैदान निर्माणको वजेट विनियोजनदेखि लिएर ४२ वटा विद्यालयमा खेल मैदान, वास्केटबल कोर्ट, वहुउद्देश्यीय कभर्डहल, सवै निर्वाचन क्षेत्रमा एक एक खेल मैदान, टीकापुरमा सुटिंङ रेञ्ज र स्पोर्टस एकेडेमीका लागि फुटबल मैदान, फुलवारी र खेलकुद विकास समितीमा क्रिकेट पिच निर्माण भएको छ । 

2

खेलकुद विकास समितीमा छुट्टै महिला पुरुष सौचालय निर्माण, पहिलो पटक खेलाडी सम्मान कार्यक्रमको सुरुवात, खेलाडीलाई पोषण सम्बन्धी तालिम लगायतका कार्यक्रम गरेका सिंहकै पालामा ठुला र प्रतिष्ठित प्रतियोगिताको सुरुवात समेत भएको छ । देशकै सर्वाधिक धनराशीको खप्तड गोल्डकप पनि उनकै पालामा र उनकै पहलमा सुरुवात भएको हो । कैलाली जिल्ला खेलकुद विकास समितीमा हुन त राजनतिक नियुक्ती हुन्छ । तर सिंहले राजनितिभन्दा माथि उठेर खेलकुद क्षेत्र र कैलाली जिल्ला खेलकुद विकास समितीमा गरेका राम्रा अभ्यास र प्रयासहरुबाट धेरैले पाठ सिक्न सक्छन् ।

1

सिहले आफ्नो कार्यकालयमा कैलाली जिल्ला खेलकुद विकास समिति या भनौं कैलालीको खेलकुद क्षेत्रलाई जलमल मात्रै गरेनन् की खेलकुदलाई पुर्नजन्म दिएभन्दा फरक नपर्ला । खेलकुद क्षेत्रमा गरेको त्यही कामलाई सम्मान गर्दै नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको पहिलो कैलाली हस्पिटल सुदुरपश्चिम स्पोर्टस अवार्ड २०७६ मा उनले स्पेशल अवार्ड प्राप्त गरेका थिए । 

1

हुन त दिपक आफैंले पुर्नजन्म पाएका हुन् । २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा उनलाई साविकको कैलाली जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ मा खटाईएको थियो । तत्कालीन नेकपा एमालेका उम्मेदवार दिर्घ सोडारीको प्रचार प्रसारका लागि उनी त्यहाँ पठाईएका थिए । एक दिन चुनावी प्रचार प्रसार सकेपछि उनी लगायत उनको समुहमाथि सांघातिक हमला भयो । तत्कालीन विद्रोही उम्मेदवार, वाईसियल लगायतले उनको समुहमाथ आक्रमण गर्दा उनको समुह नै तितरवितर भयो । दिपक भने एक्लै पनि सो समुहसँग लडिरहे । सो समुहले उनलाई यतिसम्म कुटपिट गरे की अन्त्यमा मर्यो भनेर छोडिएका कारण उनले स्वयम नयाँ जीवन पाएका हुन् ।

2

दक्षिण भारतीय चलचित्रमा देखाईने द्धन्द्धको दृश्य जस्तै हतियार वोकेर आएकाहरुले उनको शरिरको कुनै भागमा हान्न वाँकी राखेनन् । दर्जनौसँग एक्लै लडिरहने । अन्तिम समयसम्म लडिरहे । नसक्ने भएपछि उनलाई मरणासन्न हुने गरी आक्रमण गर्ने समुहले कुटेर अन्त्यमा मर्यो भनेर छोडि दियो ।

4

सँगै छुटिएका साथीहरुले जिल्ला तहका नेताहरुलाई भनेपछि उनको समयमै उद्धार भयो । शसस्त्र प्रहरीले उनको उद्धार गर्दै घोडाघोडी अस्पताल सुख्खड लगियो । त्यहाँ उनको टाउकोमा ११ वटा टाँका लागे । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगंज लगिएका दिपकको पनि तीन दिनसम्म उपचार थर्दा पनि होस खुलेन् । त्यसपछि त्यहाँबट उनलाई काठमाण्डौ लगियो । काठमाण्डौंमा पनि उपचार थालेको दुई दिनपछि उनको होस खुलेको थियो । उनी राजनितिमा पनि उत्तिक्कै सक्रिय रहेका छन् । संगठन विस्तार होस वा पार्टीका कार्यक्रमहरु सधैं अग्रसर भईरहन्छन् । उनी त्यो वेलाको नेकपा एमाले हालको नेकपमा आवद्ध हुनुको पनि रोचक प्रंसग छ । 

1

सिंहको हुने खाने परिवार नै हो । बुवा गाविस सचिव, ठुलो बुबा प्रधानाध्यापक थिए । नपुग्ने भन्ने केही थिएन् । उनी वाजुरामा कक्षा सातमा पढिरहेका थिए । त्यही वेला उनका ठुला बुबा चुनावी माहोलमा कम्प्युनिष्टका गीतहरु सुनाउथे । त्यस सम्बन्धी किताबहरु ल्याएका कारण ती किताबहरु पढ्थे । त्यही वेलाको गीतको सम्झना अझैं छ उनलाई । आफु ड्राईभर भुसमाथि उडाउने, मदन आश्रित खोलामा गुडाउने भनेर उनले सुनेको गीतको लाईन उनीले विर्सेका छैनन् । त्यही वेला सुरु गरेको राजनितिक यात्रा उनको निरन्तर अगाडी वढिरहेको छ । हाल उनी राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य छन् । पार्टीमा क्षेत्रीय कमिटी सदस्य छन् । यसअघि उनले राष्ट्रिय युवा संघको सेती अञ्चल सचिव, कैलाली जिल्ला सदस्य, युथ फोर्सको नगर सदस्य, सचिव हुदै अध्यक्ष भईसकेका छन् । 

2

राजनितिक नियुक्तीकै आधारमा उनी कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त भएका थिए । उनले आफ्नो कार्यकालमा त्यही राजनितिक नियुक्तीमा कायापलट गरेर देखाई दिएका हुन् । उनी अध्यक्ष रहेकै वेला प्रदेश सरकार गठन भईसकेको थियो । सो समयमा पहल गरेर खेलकुद क्षेत्रमा सुदुरपश्चिम प्रदेश सरकारले झण्डै २८ करोड बजेट विनियोजन गरेको थियो । तर चालु आर्थिक बर्षमा खेलकुद क्षेत्रको बजेट ६ करोडको हाराहारीमा रहेको छ । उनलाई कैलाली जिल्ला खेलकुद विकास समितिमा नियुक्त गर्नुको पछाडी उनी आफैं पनि खेलाडी हुन् भलिबलका ।

4

सुदुरपश्चिमको भलिबल टीमको प्रतिनिधित्व गर्दै उनले दर्जनौ राष्ट्रिय प्रतियोगिताहरु खेलेका छन् । टीममा उनको भुमिका ओपन स्पाईकरको हो । भलिबल खेलाडी बन्नुको पनि अचम्मको प्रसंग छ उनको । उनी स्कुल पढ्ने समयमा तेक्वान्दो खेल्थे । त्यो वेला तेक्वान्दो दुई वटा बन्यो फुटेर । दुवै तेक्वान्दो बीच लडाई पनि भयो । डब्लुटिफ र डब्लुआईटिफ तेक्वान्दो बनेपछि एकले धनगढीको रंगशाला वाहिर र अर्कोले रंगशाला भित्र अभ्यास गर्न थाले । तर उनलाई तेक्वान्दोको किचलो मन परेन् । धनगढी रंगशालामै भलिबलको अभ्यास हुने गरेको देखेपछि उनी भलिबल खेलतिर लागे । त्यसपछि उनले भलिबलमा  क्षमता देखाए । आफुलाई प्रमाणि गरे । २०५८ सालदेखि उनी निरन्तर भलिबलमा आबद्ध छन् । उ वेला खेलाडीको रुपमा अहिले पदाधिकारीको रुपमा भलिबलका लागि लागिरहेका छन् । 

2


२०६२ सालतिर धनगढीमा भएको राष्ट्रिय भलिबल प्रतियोगितामा सुदुरपश्चिमको टीमले नेपाल प्रहरीको टीमलाई हराएर प्रथम भएको थियो । त्यो टोलीका महत्वपुर्ण सदस्य थिए दिपक सिंह । त्यसपछि उनले नवलपरासी, ताप्लेजुङसम्म पुगेर पनि साविक सुदुरपश्चिम विकास क्षेत्रको प्रतिनिधित्व गर्दै भलिबल खेले । उनीले भलिबलका उत्कृष्ट खेलाडी मानिने भागीराम चौधरी, भोला चौधरी, विष्णु चौधरी लगायतसँग पनि धेरै भलिबल खेले । पाँचौको छनोटमा उनी खुट्टा भाचिदा सहभागी हुन पाएनन् । छनोट खेलमा स्पाईकर गर्दा विपक्षी खेलाडीले खुट्टा हाल्दा लडेर उनको पनि खुट्टा गयो । सुदुरपश्चिममै २०६८ सालमा भएको राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि उनी सुदुरपश्चिमको टीममा थिए । दुभार्गग्य त्यो वेला उनको हात भाचियो । खेल्न नसक्ने भएपछि उनले प्रदेशको महिला टीमलाई हेरे ।

4

भलिबलमा लागिरहँदा न खेलाडीहरु नै थिए न प्रशिक्षक नै । सुरुमा सवै केटाहरुलाई जम्मा गर्ने, आफै सामान किन्ने र आफैं अभ्यास गर्दै आएका थिए सिंह लगायत उनको टीम । भलिबल प्रशिक्षक सहदेव विष्टले सुरुमा उनलाई सिकाएका थिए । खेलकुदमा भलिबल खेलाडी भएर लागेका उनी अहिले पदाधिकारी भएर पनि भलिबलको विकासमा लागिरहेका छन् । उनी अहिले कैलाली जिल्ला भलिबल संघको अध्यक्ष पनि हुन् । उनी कैलाली जिल्ला खेलकुद विकास समितिको अध्यक्ष भएक वेला भलिबलका लागि पनि राम्रा कामहरु गरेका छन् । महिला कलेज स्तरीय भलिबल प्रतियोगिताको आयोजनाको सुरुवात थाले ।

2

धनगढी गाउँ, कैलारी गाउँपालिकामा ठुला भलिबल प्रतियोगिता आयोजना गर्न लगाए जुन प्रतियोगिता आज पनि निरन्तर चलिरहेका छन् । धनगढी गाउँमा भलिबल कोर्ट बनाउन लगाए । पहलमानपुरमा भलिबल क्लब गठन गरे । खेलकुद क्षेत्रमा लागेर अझैं धेरै गर्न मन छ उनलाई । उनले खेलकुदमा परिवर्तन ल्याउन सक्छन् भन्ने ज्वलन्त उदाहरण धनगढी रंगशालालाई देख्न सकिन्छ । पैसा विना पनि करोडौंको संरचना बनाए । मासिक चार लाख आम्दानी हुने बनाए, मिनि कभर्डहल र खेलकुदका संचरना थपे ।

4

उनले गरेको काम धनगढी रंगशाला पुग्दा छर्लङ देखिन्छ । खेलकुद क्षेत्रलाई हाक्ने मौका पाएमा अझ राम्रो गर्ने योजनामा छन् उनी । खेलकुद र राजनितिका ओपन स्पाईकर दिपकवहादुर सिंहको उज्वल भविष्यको कामना । 

4