सुदूरपश्चिममा १०१ जना संक्रमित अस्पतालको आईसोलेशनमा
2020/08/31, 12:12
 
corona

सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा रहेका अस्पतालका आईसोलेशनमा गरि १ सय १ जना कोरोना संक्रमित उपचाररत रहेका छन् ।  केही दिन यता अस्पतालका आईसोलेशनमा संक्रमितको संख्या बढेको  छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयका अनुसार आईतबार सम्म सबैभन्दा बढी कैलालीको टीकापुर अस्पतालको आईसोलेशनमा ३४ जना संक्रमित रहेका छन् ।

यसैगरी सेती प्रादेशीक अस्पतालको आईसोलेशनमा २९ जना, महाकाली अस्पतालको आईसोलेशनमा २४ जना, जिल्ला अस्पताल अछामको आईसोलेशनमा १० जना र डोटी र डडेल्धुरा अस्पतालमा २÷२ जना संक्रमित उपचाररत रहेका मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आईतबार सम्म सुदूरपश्चिम प्रदेशमा  ६० हजार ७ सय ८९ थ्रोट स्वावको परिक्षण गरिएको छ । जसमा ५ हजार ७ सय ५४ जनामा संक्रमण पुष्टि  भएको छ । अझै संकलन गरिएका थ्रोट स्वाव मध्य २ हजार ६६ को परिक्षण हुन वाँकी रहेको मन्त्रालयले जनाएको छ ।

  मन्त्रालयका अनुसार अनुसार नौ वटै जिल्लाका गरि आईतबार सम्म चार हजार नौ सय २९ जनाले कोरोना जितेका छन् । आईतबार मात्र अछामबाट ८२ र कञ्चनपुरबाट ७ गरी ८९ जना संक्रमित डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ ।