सुशान्त आत्महत्या प्रकरणः बलिउडका तीन नायिकासँग लागूऔषधबारे सोधपुछ
2020/09/26, 3:16
 
deepika sara

एजेन्सी, १० असोज । बलिउड नायक सुशान्त सिंह राजपुतको आत्महत्या प्रकरणले लहरो तान्दा पहरो गर्जिएको छ । बलिउडका कतिपय कलाकार सम्पत्ति शुद्धिकरण, कालो धन देखि लागूऔषधसँग जोडिएका छन् । उनीहरुमाथि भारतको सम्बन्धित निकायहरुले अनुसन्धान बढाएको छ ।

शनिबार बलिउडका तीन नायिका दिपिका पादुंकण, श्रद्धा कपुर र सारा अलि खानमाथि लागुऔषध प्रकरणमा सोधपुछ भएको छ । सुशान्त सिंह राजपुतको आत्महत्यासँग सम्बन्धित यो लागुऔषधको विषयले सनसनी मच्चाएको छ ।

दिपिकामाथि भारतको लागुऔषध नियन्त्रण ब्युरोले उसको कोलाबास्थित गेष्ट हाउसमा सोधपुछ गरेको छ । श्रद्धा र सारासँग दक्षिणी मुम्बईको बलार्ड स्टेटमा सोधपुछ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सोधपुछका क्रममा कडा सुरक्षा दिइएको थियो । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको पक्राऊ र उनीमाथि सोधपुछपछि खुलेका नामहरुमाथि अनुसन्धान गरिएको थियो । त्यसक्रममा सारा अली खानसहितको नाम आएको थियो । दिपिकाको नाम वाट्सएप कुराकानीका क्रममा सुशान्त प्रकरणसँग जोडिएका लागूऔषध उपपलब्ध गराउने व्यक्तिसँग भेटिएपछि सोधपुछ चलाइएको उल्लेख छ ।-Photo Source: Agency