वेद जोशीको ‘मेरो जिन्दगी’ सार्वजनिक (भिडियो सहित)
2020/10/16, 6:13
Video
bed joshi

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक वेद जोशीले आफ्नो पहिलो साङ्गीतिक कोसेली ‘मेरो जिन्दगी’ बजारमा ल्याएका छन् । सरकारी सेवामा आबद्ध जोशीले आफ्नै शब्द तथा राजेन्द्र भट्ट उर्फ मिस्टर आरजेको सङ्गीतमा उक्त गीत बजारमा ल्याएका हुन् । 

गीतमा पछिल्लो पुस्ताका चर्चित गायक प्रवीण बेडवालको स्वर रहेको छ । राजेन्द्र भट्टको युट्युब च्यानलबाट सार्वजनिक भएको जोशीको गीतमा उनको स्वयं तथा उनकी श्रीमती वन्दना जोशीको अभिनय रहेको छ भने गीतलाई विक्रम चौहानले निर्देशन गरेका छन् ।