
धनगढीकी टिकटक स्टार रेष्मा विष्ट पहाडीया नानी बनेकी छिन् । पदम धामी वहादुर विक र माया बुढाको स्वरमा रहेको देउडा गीतमा उनी पहाडीया नानी बनेकी हुन् ।

ईन्जिनियरीङ पढिरहेकी रेष्मा टिकटकको नशाले मोडलिङतिर लागेकी हुन् । देउडा गीतको भिडियोमा पहाडीया नानी बनेकी रेष्मासँगै भवानी रेग्मीले शहरीया कान्छाको भुमिका निर्वाह गरेका छन् ।

कैलालीको खानीडाँडा र गेटा मेडिकल कलेजमा छायाकंन गरिएको गीतमा पदम धामीको शब्द र लय रहेको छ । जगत टमाटाले र्याप गाएका छन् । त्रिवेन्द्र कर्णको निर्देशन रहेको गीतको भिडियो प्रकाश नागरीले खिचेका छन् । पहाडीया नानी बोलको देउडा गीत म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26