प्रेस युनियन कैलालीद्धारा स्थापना दिवस मनाईयो, स्वास्थ्य सामाग्री हस्तान्तरण 
2020/05/27, 8:26
 
union

नेपाल प्रेस युनियनको २९ औं स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाईएको छ । प्रेस युनिय जिल्ला शाखा कैलालीले पनि सामाजिक दुरी कार्यक्र गर्दै छलफल कार्यक्रम आयोजना गरेको छ । प्रेयस युनिय कैलालीका अध्यक्ष श्रवण देउवाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमसख अतिथि नेपाली काग्रेंस सुदुरपश्चिम प्रदेशका संसदीय दलका नेता डाक्टर रणवहादुर रावल रहेका थिए ।

छलफल कार्यक्रममा सुदुरपश्चिम सभा सदस्य कर्ण मल्ल, धनगढी उपमहानगरपालिका मेयर नृपवहादुर ओड, नेपाली काग्रेंस कैलालीका उपसभापति प्रकाश बम, नेपाली काग्रेंस बाकेंका जिल्ला सदस्य चिन्तामणी धिताल, नेपाल प्रेस युनियका केन्द्रिय सदस्य जयसिंह केसी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मीन बम, नेपाल पत्रकार महासंघ कैलालीका पुर्व अध्यक्ष दिर्घराज उपाध्याय लगायतले मन्तव्य राखेका थिए । नेपाल प्रेस युनियन कैलालीका सदस्य कृतवहादुर बिष्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन जिल्ला सचिव सीताराम ओझाले गरेका थिए । 

सोही अवसर नेपाल प्रेस युनियन कैलालीलाई स्वास्थ्य सामाग्री पनि हस्तान्तरण गरिएको थियो । नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जयसिंह केसीले स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराएका हुन् । सञ्चारकर्मीहरुलाई रिर्पोटिङका क्रममा सहज होस् भनेर मास्क, पन्जा, सेनेटाईजर लगायतका स्वास्थय सामाग्री केन्द्रिय सदस्य केसीले जिल्ला अध्यक्ष श्रवण देउवा मार्फत जिल्लाका सञ्चारकर्मीलाई हस्तान्तरण गरेका हुन् । बाकेंको कोहलपुर निवासी केन्द्रिय सदस्य केसीले धनगढी पुगेर ती सामाग्रीहरु हस्तान्तरण गरेका हुन् ।