
अभिनेत्री स्वेता खड्काले बिहे गर्न लागेको खबरले यतिबेला फिल्मी जगतमा चर्चा बढेको छ । दशैंको टीका लगाएका बेला एक युवकसँगको तस्वीर सामाजिक सञ्जालबाट बाहिरिएपछि स्वेताको बिहेबारे चर्चा बढेको हो ।

दशैंका बेला सार्वजनिक भएका तस्वीर धनगढीका विजयेन्द्र रावतको हो । उनका बुबाको फेसबूक आईडी स्नेहाल्ता रावतको प्रोफाइलमा राखिएको तस्वीरमा देखिएकी महिला विजयेन्द्रकी आमा हुन् ।
विजयन्द्रकी आमाको तस्वीर स्वेताले २३ अप्रिलमा आमाको मुख हेर्ने दिन आफ्नो फेसबूकमा शेयर गर्दै लेखेकी छिन्, ‘ह्याप्पी मदर्स डे टु माइ डियर मदर्स’ ।
अभिनेत्री स्वेताले भने अहिले फैलिएको हल्ला गलत भएको प्रतिक्रिया दिएकी छन् । तर हल्ला अनुसार स्वेताको बिहे यही मंसिर ५ मा हुने भनिएको छ ।

2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/06/30, 10:27
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/17, 7:45
2020/09/15, 10:23
2021/03/12, 12:03
2021/10/09, 11:49
2023/03/26, 10:26