धनगढीमा १० जना कोरोना संक्रमितको मृत्यु, १८०७ जनामा कोरोना पुष्टि
2020/11/19, 8:56
 
corona

सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा हालसम्म १० जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखाका अनुसार कोरोनाबाट आजसम्म १० जनाको मृत्यु भएको हो । धनगढीमा हालसम्म कोरोना संक्रमितको संख्या १ हजार ८ सय ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको उप–महानगरपालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले जानकारी दिए ।

धनगढी उप–महानगरपालिका अनुसार ६ हजार २ सय बढीको कोरोना परीक्षण गर्दा १ हजार २ सय ७८ पुरुष र ५ सय २९ महिलामा कोरोना पुष्टि भएको छ । उपाध्यायका अनुसार संक्रमण पुष्टि भएका मध्ये १ हजार ४ सय ९९ जनाले कोरोना जितेका छन् ।

उपमहानगरपालिकामा सक्रिय संक्रमितको संख्या २ सय ९८ रहेको छ । उनीहरु मध्ये १ सय १५ महिला र १ सय ६१ पुरुष होम आइसोलेसनमा बसिरहेका छन् भने ९ महिला र १३ पुरुष गरी २२ जना अस्पताल र संस्थागत आईसोलेसनमा बसेका छन् ।