
धनीहरू चुरिफुरी जति गर्छौ गर ।
रवाफमा आँधीहुरी जति गर्छौ गर ।।

सकिँदैन पक्कै पनि भालेहरूसित
क्वर्र क्वर्र कुखुरी जति गर्छौ गर ।
नीति नियम लाटो कानून पनि लाटो
रक्तश्राप खुकुरी जति गर्छौ गर ।

कयौँ जोडी छुटाएर सिन्दुरहरू पुछेउ
अझै फुटाऊ हातका चुरी जति गर्छौ गर ।
आँखा तान्यौ भ्रष्ट बन्यौ देश रित्याउन
ठूलादेखि भुराभुरी जति गर्छौ गर ।।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03