रेश्माको नसालु आखाँमा भवानी लठ्ठै ! (भिडियो सहित)
2020/11/24, 11:24
 
nasalu aakha

गायक ज्ञानु वमको अर्को नयाँ गीत नसालु आँखाले सार्वजनिक भएको छ । सुदुर धमाका नामक युटुव च्यानलवाट गायक वमको नयाँ डिजे गित सार्वजनिक भएको हो ।  गीतमा गायक वमलाई चर्चित देउडा गायिका रेखा जोशीले साथ दिएकी छन् । युटुवमा आएको छोटो समयमै गीतले निकै चर्चा वटुलिरहेको गायक वमले वताए । पदम धामीको शव्दमा तयार भएको गीतमा गायक ज्ञानु वमकै संगीत रहेको छ भने गीतको एरेन्ज पुष्कर खत्रीले गरेका हुन् ।

विच विचमा ¥याप समेत समावेश गरिएको गीतमा ¥यापरको रुपमा मिलन क्षेत्रीको आवाज छ । धनगढी र सुदुरपश्चिमको प्रवेशद्धार रमणीयस्थल कर्णाली चिसापानीमा छायाङ्कन गरिएको गीतको म्युजिक भिडियो निकै आकर्षक वनेको छ । चर्चित मोडल तथा निर्देशक भवानी रेग्मीले अभिनय गरेको भिडियोमा भवानीलाई मोडेलका रुपमा रेश्मा विष्टले साथ दिएकी छन् ।

रेश्माको नसालु आँखामा लठ्ठै भएका भवानीले माया प्रेमको प्रसंग जोडिएको गीतमा वेस्सरी कम्मर मर्काएका छन् । गीतको भिडियोलाई त्रिवेन्द्र कर्णले निर्देशन गरेका हुन भने छायाङ्कन प्रकाश नागरीले गरेका हुन् । आरपी जोशीले सम्पादन गरेको भिडियोलाई सुदुर धमाका म्युजिकले पोष्ट प्रोडकस्नको काम गरेको छ ।