
कामुकताको राक्षसले
चिमोटेपछि
दाम तोक्यौ
अनि किन्यौ उसको शरीर,
बेहिसाब खेल्यौ उसको
लाचार शरीर सँग,
नङ्ग्यायौ उसका लाजहरु,
खेलीरह्यौ, खेलीरह्यौ
अघाउन्जेल सम्म,
ढाडिन्जेल सम्म,
अनि नाम दियौ
चरित्रहिन !!
के वास्तवमैं उसको चरित्र किनेका थियौ ??
कि किनेका थियौ,
केवल एक शरीर
र बिकेको थियो केवल एक शरीर ??
याद गर,
तिमीले प्रेम किनेका थिएनौं
तिमिले त केवल
शरीर किनेका थियौ !!
बहस गर्दैन तिमीसँग
एक प्रश्न अवश्य गर्छु,
एउटी चरित्रहिनको शरीर किन्ने
तिमी कति चरित्रवान ??
तिमी कति चरित्रवान ??


2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03