फर्किएर हेरिदिए हुन्थ्यो !
2020/12/12, 9:52
 
dhanpati

विकृति केले धानेको छ फर्किएर हेरिदिए हुन्थ्यो
बिसंगति कस्ले मानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

अन्यायको जरोमा मलजल गरेको छ अन्ध विश्वासले
पाखण्ड पनलाई तानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

नेता ज्यु तिमी अगुवा हौ सिको गर्छन जनले
नेताले कति जानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

अन्ध विश्वासले विभेद गर्छ अन्याए छ धेरै
होईन कस्ले ठानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

कोहीको आफ्नो चलन, कोही भन्छन परम्परा मान्छौ
अन्धतालाई कस्ले छानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

विश्व विद्यालय धेरै खुले तर विद्धान भए अचेत
विद्धतालाई कस्ले मानेको छ फर्किएर हेरिदिए हुन्थ्यो ।

धनपति ढुङगेल