तिम्रो स्वाभिमान किने पुग्छ !!
2020/12/19, 9:43
 
madan bhatta

किन चाहियो चिनुक
राफेल,एफ सिक्स्टिन अनि 
ट्यांकहरुको गर्जन,
चाहिदैनन मेरो
कि प्याड र माउसको
नियन्त्रणमा रहेका
मेरै औंलाहरुद्वारा निर्देशित 
अन्तर्देशीय मिसाइलहरु !!
मलाइ थाहा छ,
तिमि माथी शासन गर्न 
तिम्रो भुगोल होईन
तिम्रो स्वाभिमान जितेपुग्छ,
तिमिलाइ तिमिबाट खोस्न
तिम्रो छातीमा होइन
तिम्रो मनमा परेड खेले पुग्छ 
च्यातेर फालिसके
अमरसिंह र बलभद्रको ईतिहास
अब हरेक पार्टी भित्र
लेन्डुप दोर्जे जन्माए पुग्छ
मेरो दूतावासमा हाजिर लगाउने
तिम्रा नेता भए पुग्छ!
तिम्रा नेता भए पुग्छ!!

सिमानाको पिल्लरमा
अल्झाएर तिमिलाइ
सन्धीका धारा उप(धाराहरुमा
तिम्रो बहादुरी कैद गरेपुग्छ,
दसगजामा खोलिएका
मृत्युका कारखानाबाट
नशाको व्यापार गरे पुग्छ,
तिम्रा युवाहरुको नशामा
नशाकै नशा बाडे पुग्छ,
बांधहरुको पानी लुटे पुग्छ,
कोठिहरुमा जवानी लुटे पुग्छ,
कार्गिलमा रगत लुटे पुग्छ,
जे पि रोडदेखि पाकिस्तान बर्डरसम्म
लैनचौरका एम्बुलेन्स र बसहरुमा
तिम्रो स्वाभिमानको
बोली लगाए पुग्छ,
धज्जी उडाए हुन्छ,
तिम्रा स्वाभिमान हरुको,
भुगोल किन्नुपर्दैन
आत्मा किने पुग्छ,
यो देशका दलाल चिने पुग्छ,
बिक्न् बेचिन तम्तयार
सिहै सिंहको दरबार किने पुग्छ,
टुडिखेलको किनाराना उभिएको
जङ्गबहादुरको तलबार किने पुग्छ,
अब त्यही दरबार किने पुग्छ
अब त्यही तलवार किने पुग्छ!!
तिमिमाथी शासन गर्न
तिम्रो स्वाभिमान किने पुग्छ!
तिम्रो स्वाभिमान किने पुग्छ !!