कैलाली घर भएकी नायिका दिपिका अभिनित फिल्म ‘छक्का पन्जा ३’ युट्युबमा (भिडियो)
2020/12/24, 12:55
 
dd

सुपरहित फिल्म ‘छक्का पन्जा–३’ सार्वजनिक भएको छ । हाइलाइट्स नेपालको युट्युवमार्फत फिल्म बुधबार साँझ सार्वजनिक भएको हो । फिल्म सार्वजनिक भएको २४ घन्टा पनि नबित्दै युट्युव ट्रेन्डिङमा आउन समेत सफल भएको छ ।

समाचार तयार गर्दासम्म फिल्मले झण्डै सात लाख दर्शक पाउँदै युट्युव ट्रेन्डिङको छैठौ स्थान ओगट्न सफल भएको हो । दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा कैलालीको अत्तरिया घर भएकी नायिका दिपिका प्रसाईको अभिनय रहेको छ । यस्तै दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।