कैलालीका मुकुन्द भट्ट निर्देशित ‘लप्पन छप्पन–२’ फागुनमा रिलिज हुने
2020/12/25, 11:30
 
lappan chhapan

कैलालीका मुकुन्द भट्ट निर्देशित फिल्म ‘लप्पन छप्पन– २’ फागुनमा रिलिज हुने भएको छ । भट्टको निर्माण तथा निर्देशन रहेको फिल्मले फागुन २७ गतेलाई रिलिज मिति तय गरेको हो । शिवरात्रीको अवसर पारेर फिल्म फागुनमा रिलिज गर्न लागिएको प्रस्तुतकर्ता खिलेन्द्रराज तिमिल्सिनाले बताए ।

शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, राजेन्द्र बिष्ट, शक्ती श्रेष्ठ, सिर्जना सिना, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल लगायतका कलाकारको अभिनय रहेको फिल्म एक्सन र थ्रिलर कथामा तयार भएको छ ।

निर्देशक भट्ट, सुनिल नेउरे र अमित शर्माको पटकथा तथा संवाद रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट, दीपक आरजे र बुलेट फ्लेटको संगीत, नरेशनाथ योगीको कोरियोग्राफी छ ।

सुरज अधिकारी र प्रजापति सिवाकोटी कार्यकारी निर्माता रहेको फिल्म प्रकाश कुँवर, निर्मलकुमार मिश्र, चिजकुमार श्रेष्ठ, सुदिप चन्द्र भक्रेल, सन्तोष चन्द्र भक्रेलले मिलेर बनाएका हुन् ।