युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा ‘छक्का पन्जा ३’
2020/12/25, 2:33
 
a

गत बुधबार साँझ सार्वजनिक सुपरहिट फिल्म ‘छक्का पन्जा–३’ युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ । हाइलाइट्स नेपालको युट्युबमार्फत सार्वजनिक फिल्मले ४८ घन्टा पनि नपुग्दै करिब २१ लाख भियुज पाउँदै युट्युबको ट्रेन्डिङको शीर्ष स्थानमा आउन सफल भएको छ ।

समाचार तयार गर्दासम्म फिल्मले २० लाख ८१ हजार बढी दर्शक पाएको छ । फिल्मले ७१ हजार लाईक र ८ हजार बढी डिस्लाइक समेत पाएको छ ।

दिपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, शिवहरि पौडेल, बुद्धि तामाङ, लक्ष्मी गिरीलगायत कलाकारको अभिनय रहेको छ ।

प्रियंका कार्की, स्वस्तिमा खड्का, वर्षा राउत र संजोग कोइराला फिल्ममा अतिथि भूमिकामा देखिएका छन् ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको फिल्मको केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माता हुन् । फिल्मको कथा दीपक आफैंले तयार पारेको हुन् ।