
कञ्चनपुरका प्रकाश चन्द अहिले चर्चामा छन् । स्वर्गीय नायक श्रीकृष्ण क्षेष्ठको मिल्दोजुल्दो अनुहार भएका कंचनपुरका चन्द नायक बन्ने लक्ष्य बोकेर काठमाडौँ पसेका थिए । उनले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक पनि भईसकेको छ । गायक सम्राट चौलागाईं र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको ‘रुईको सिरानी’ गीतमा चन्दले अभिनय गरेका हुन् । गीतको शब्द, म्युजिक, एरेन्ज र मिक्सिङ्ग बाबुल गिरिले गरेका छन् ।

गीतको म्युजिक भिडियोमा चन्द र गिता ढुंगानाको अभिनय रहेको छ । म्युजिक भिडियोको छायांकन बुद्ध थापा र सम्पादन नवीन निरौलाले गरेका छन् भने म्युजिक भिडियोको निर्देशन सुबोल थापाले गरेका छन् । म्युजिक भिडियो गायक सम्राट चौलागाईंको अफिसियल युवटुब च्यानलबाट रिलिज गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2019/09/18, 1:28
2020/09/03, 9:57
2021/03/13, 1:42
2021/10/10, 10:03