मेरो यो बौलो जोवन, भेरी गङ्गा बग्यो
माया कैलै मर्ने छैन, जातले मुलाई मार्यो ।
 
 
यो जुनि काट्न सक्याइन, माफ मुलाइ अरेइ
हाम्रो नासो बचाइ राखेइ, मन दडो अरेइ ।।
 समाज नरपिचासको, बाच्न गार्हो होला धेकी
सहन गर्नया बचनको, हाली राखेइ रेखी ।।।
 
 माइंसको यसो यो चोला, एकैचोटी पाउन्या
कर्म छोडी भोगी बन्या, ढल्की ढल्की जान्या ।।।।
 लडिलडी खानु तुइले, डर नमान्नु कहिल्यै
हटाउनु छ यो विभेद, अघि बढ्नु जहिल्यै ।।।।।
 समाज बदल्नु तुइले, जिम्मा दिग्यां मुइले
तेरो माया मार्याको छ, लाग्नु पड्यो तुइले ।।।।।।