
धनगढीकी स्मिता बोहरा रेग्मीले लाईफ ओके सिंगिङ स्टारको उपाधि जितेकी छिन् । उत्कृष्ट चार जना बीच भएको फाईनल प्रतिस्पर्धामा उनी विजेता घोषणा भएकी हुन् । सिंगिङ स्टारको उपाधि जितेसँगै स्मिताले हुनेलाई ४ वटा गीत रेकर्डिङ र २ वटा म्यूजिक भिडियो बनाउने मौका पाएकी छिन् ।


विभिन्न चरण हुदैं फाईनलमा पुगाएर विजेता बनाउने सबै भोट गरेर सहयोग गर्नेलाई उनले धन्यवाद ज्ञापन गरेकी छिन् । मंगलवार १० बजेसम्म मात्रै भोट गर्न सकिने समयावधि रहेकोमा उनले सबैभन्दा बढी भोट पाएर विजेता बनेकी हुन् ।


उनी प्रदेश सभा सदस्य गोविन्द बोहराकी छोरी हुन् । त्यसैगरी विवेकशिल साझा पार्टीका केन्द्रिय सदस्य आशिष रेग्मीकी श्रीमति समेत हुन् । उनका तीन गीत सार्वजनिक भईसकेका छन् ।


2021/01/22, 7:11
2021/01/21, 8:45
2021/01/21, 6:41
2021/01/21, 6:27
2021/01/21, 4:31
2021/01/21, 3:03
2021/01/21, 2:54
2021/01/21, 2:50
2020/10/11, 4:53
2020/06/09, 2:04
2020/10/12, 1:07
2020/06/09, 7:09