प्रदीप खड्काले ‘प्रकाश’का लागि आफ्नो जोडी भेटेका छन् । निर्माण टिमले धनगढीकी रेनु योगीलाई उनको अपोजिटमा फाइनल गरेकी हो । फागुन दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा प्रदीप खड्का पहिला नै अनुबन्ध थिए ।
अडिसनमार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले उनलाई फिल्मका लागि छनोट गरेका हुन् । रेनु थ्रिएटर आर्टिस्ट हुन् । ब्याचलर अध्ययन गरेकी उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक खेलेकी थिइन् । यसमा उनको अभिनय रुचाइएको थियो ।
उनले आधा दर्जन बढि नाटक, सर्ट मुभि र ‘एसिड कान्ड’ नामक डकुमेन्ट्रीमा काम गरिसकेकी छन् । जुम्लामा छायांकन गरिने फिल्मको ४५ दिनको सुटिङ सेड्युल राखिएको छ । फिल्ममा प्रदीप खड्काले गाउँले यूवकको भूमिका निर्वाह गर्दैछन् ।
2024/05/04, 4:22
2024/05/04, 4:19
2024/05/04, 4:11
2024/04/12, 2:42
2024/04/12, 2:20
2024/04/12, 2:07
2024/04/12, 2:02
2020/06/18, 12:39
2020/10/22, 3:21
2021/05/10, 5:55
2022/08/02, 2:45