नेकपाको दबाबले अदालत र निर्वाचन आयोग अनिर्णयको बन्दी भयो: युवा नेता महर
2021/02/15, 1:31

नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै समूहले अदालत र निर्वाचन आयोगलाई धम्क्याइरहेको आरोप लगाएका छन् ।

कांग्रेसको देशव्यापी प्रदर्शन तथा बझाङका तरुण नेता अमृतबहादुर सिंह ‘लखन’ को हत्याको विरोधमा सोमबार बझाङको पाथिभरामा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले आधिकारिक रुपमा विभाजन भइ नसकेका दुबै समूहको दबाबका कारण न्यायिक प्रक्रियामा पनि ढिलाइ भइरहेको बताएका हुन् ।
उनले मुलुकलाई थप संकटबाट जोगाउने जिम्मेवारी अदालतलाई रहेको पनि बताए । सरकारबाटै लोकतान्त्रिक मूल्य–मान्यता र संविधानमाथि गम्भीर चुनौती देखिएको जिकिर गर्दै नेता महरले सरकार संविधानभन्दा माथि जान खोजेको आरोप लगाए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/23, 11:23
2024/02/06, 11:49
2021/06/30, 1:41
2022/03/05, 12:04
2020/08/08, 4:39